एसिया कप हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बिदा

A notice in Nepali from Mechinagar Ward No. 10

१३ भदौं, जनकपुर : एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज बुधवार दिउँसो २ बजेपछि विद्यालयमा बिदा दिएको छ ।

उपमहानगरपालिकाको शिक्षा शाखाका वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर दिउँसो २ बजेपछि विद्यालय बन्द भएको जानकारी दिनुभएको हो । नेपाली टिमको हौसला बढाउन र विद्यार्थीलाई खेलप्रति ऊर्जावान् भावना जागृत गराउनका लागि यस्तो गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

आजदेखि शुरु हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र पाकिस्तानको खेल सवा ३ बजे सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.