विमल घर्तीसहित १४ खेलाडी बाहिरिए

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । विमल घर्ति मगरसहित १४ खेलाडी राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट १४ खेलाडी बाहिरिएको जनाएको छ ।राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षक बाल गोपाल महर्जनले करिब १ महिनाको प्रशिक्षणपछि ५८ खेलाडीबाट घटाएर ४४ खेलाडी छनोट गरेका हुन् ।

बन्द प्रशिक्षणबाट बाहिरिनेमा विमलसहित देव लिम्बु, रन्दिप पौडेल, अमित तामाङ, जया गुरुङ, नितिन थापा, रजत तिवारी, दिपेश आले मगर, राजेश परियार, प्रिजन तामाङ, रेजिन सुब्बा, रहिब लोप्चन र विमल राना रहेका छन् ।फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि एन्फाले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई बोलाएको थियो ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.