एपीएफलाई ६ रनले हराउँदै प्रदेश–१ ले जित्यो प्रधानमन्त्री कपको उपाधि

A notice in Nepali from Mechinagar Ward No. 10

१९ पुस, दाङ ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश–१ ले जितेको छ।

दाङको लमहीमा आइतबार सम्पन्न उपाधि भिडन्तमा प्रदेश १ ले साविकको विजेता समेत रहेको एपीएफलाई ६ रनले हराउँदै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो ।

पहिले ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १०५ रन बनाएको थियो। प्रदेश १ का लागि अप्सरा बेगमले ३४, काजल श्रेष्ठले २९, कप्तान रुविना क्षेत्रीले १८ रन बनाएकी थिइन् ।

बलिङतर्फ एपीएफकी सीता राना मगरले तीन र करुणा भण्डारीले एक विकेट लिएकी थिइन्।

१ सय ६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९९ रन मात्रै जोड्न सक्यो। उसका लागि ममता चौधरीले ३४, करुणा भण्डारीले २६ र ज्योति पाण्डेले १४ बनाएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

प्रदेश १ की कप्तान रुविना क्षेत्री र एलिसा खडियाले दुई-दुई विकेट लिए भने संगीता राईले एक विकेट लिइन् ।

यससँगै प्रतियोगितको विजेता प्रदेश १ ले पाँच लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ पुरस्कार पाएको छ ।सो अवसरमा प्रमुख अतिथिको तर्फबाट रास्ट्रीय  खेलकूद परिषदका सदस्य सचिव  रमेश कुमार सिलवालले कोविड १९ का कारण खेलकूदको बजेट व्यापक कटौती भएको स्वीकार गर्दै अब  खेलकूदको माहौल बढाउन आफू लागिपर्ने बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.