छानविन समितिको प्रतिवेदन सार्वजनिक : प्रशिक्षक अलमुताइरी असन्तुष्ट

A notice in Nepali from Mechinagar Ward No. 10

९ भाद्र, काठमाण्डौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फुटबल विवाद समाधानका लागि गठित छानविन समितिको प्रतिवेदनमा असन्तुष्ट रहेको संकेत गरेका छन्।

बुधबार छानविन समितिले प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाललाई बुझाएसँगै अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि पोखेका हुन्।

उनले लेखेका छन्- आई एम आउट… लेट पोलिटिस्क वर्क।

प्रतिवेदनमा प्रशिक्षक अलमुताइरीले आफ्नो व्यवसायीक आचरण तथा बानी व्यहोरामा सुधार गर्नुसहित ११ बुँदे सुझाव दिइएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘प्रशिक्षक अल्दुल्लाह अलमुताइरीले आफ्ना केही व्यवसायीक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने देखिन्छ।’

यसअघि परिषदले बोर्ड सदस्य पुनेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो।

साउन तेस्रो सातादेखि काम सुरू गरेको समितिले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष नेम्बाङ, प्रशिक्षक अलमुताइरीसहित १४ जनासँग बयान लिएको थियो।

बयानपछि विभिन्न कागजपत्र अध्ययन गरिएको छानविन समितिका सदस्य सुवर्ण श्रेष्ठको भनाइ छ।

साउन दोस्रो साता प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्षका कारण आफू राजीनामा दिन गइरहेको भन्दै फेसबुकमा लेखेका थिए। त्यसपछि उपाध्यक्षले खण्डन गर्दै छानविनको माग गरेका थिए।

छानविन समितिले अलमुताइरीले लेखेको सो पोस्ट हटाउनु पर्ने पनि निश्कर्ष निकालेको छ।

समितिको निचोडमा भनिएको छ,’ अखिल नेपाल फुटबल संघमा देखिएको विवादको मूल जड सामाजिक सञ्जालको अत्याधिक प्रयोग, आपसी सम्बन्ध विस्तार हुन नसक्नु, आचार संहिताको कमी कमजोरी तथा उचितरूपले पालना नगर्नु, खेल क्षेत्रमा धुम्रपान र मध्यपान लगायतका क्रियाकलापलाई निरुत्साहन गर्न नसक्नु लगायतका कारणहरूबाट विवाद एवं समस्या उत्पन्न भएको देखिन्छ।’

यस्तै छानविन समितिले विश्वव्यापी मान्यता, फिफा तथा एएफसीको विधानलाई पनि संघ एवं विदेशी प्रशिक्षकले अक्षरस पालना गर्न पर्ने पनि सुझाव दिएको छ।

‘हाल उत्पन्न विवाद परिषदबाट स्वीकृत संघको विधान र फिफा तथा एएफसीको विधानलाई अक्षरस पालना गर्न नसकेको कारणबाट सिर्जना हुन गएको हो,’ छानविन समितिको भनाइ छ।

छानविन समितिको सुझाव र सिफारिस निम्न अनुसार रहेका छन् :-

१. अखिल नेपाल फुटबल संघले १५ दिनभित्र Code of Conduct तयार गरी परिषदबाट स्वीकृति लिई लागू गर्नु पर्ने देखिन्छ।

२.कुवेती नागरीक एवं कतार फुटबल संघसँग अनुबन्ध रहेका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अल्दुल्लाह अलमुताइरीले आफ्ना केही व्यवसायीक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने देखिन्छ। उहाँले सम्झौतामा उल्लेखित शर्तहरूको बन्देजमा रही नेपाली राष्ट्रिय टिमका फुटबल खेलाडीहरूलाई गुणस्तरीय प्रशिक्षण प्रदान गर्न पर्ने हुन्छ।  उहाँले गरेको प्रशिक्षण कार्यका बारेमा सरोकारवाला सबै पक्षले सकारात्मक ढंगबाट समर्थन नै गरेको यथार्थताबाट उहाँको कार्य दक्षता, क्षमता एव् भूमिकाका बारेमा प्रश्न उठाउने देखिदैंँन।

३.निज विदेशी प्रशिक्षक अलमुताइरीले उक्त विवादास्पद राजीनामा सम्बन्धी पोष्टलाई आफ्नो फेसबुकबाट हटाउन खेलकुद परिषदबाट निर्देशन दिनुपर्ने।

४. फुटबलका मुख्य प्रशिक्षकले अखिल नेपाल फुटबल संघसँग गरेको सम्झौता बमोजिमका कार्य मात्र सम्पादन गर्नु पर्ने र आगामी दिनमा विवाद सिर्जना हुने खालका कुनै पनि कार्य गतिविधि नगर्न नगराउन एवं सामाजिक सञ्जाल र मिडियामा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार वा अन्य कसैप्रति लक्षित गरी धारणा सम्प्रेषण नगर्न ध्यानाकर्षण गर्दै परिषदबाट सचेत गराउन पर्ने देखिन्छ।

५. कुनै पनि संचारकर्मीले कुनै पनि खेल प्रशिक्षकसँग अन्तर्वार्ता वा धारणा लिनु परेमा अखिल नेपाल फुटबल संघका सूचना अधिकारी अथवा व्यवस्थापनसँग पूर्व अनुमति  लिएर मात्र सम्पर्क गनुपर्ने व्यवस्था मिलाउन पर्ने देखिन्छ, साथै प्रशिक्षकले पनि व्यवस्थापक मार्फत नै समन्वय गर्नपर्ने छ।

६.टिम व्यवस्थापकले प्रशिक्षकका गुनासा तथा समास्याहरूलाइ तत्काल सम्बन्धित निकायमा पुर्याउन जिम्मेवारपूर्ण रुपबाट भूमिका निर्वाह गर्नुपर्नेछ साथै निज प्रशिक्षकलाई सुरक्षाको प्रत्याभुती गराउँदै सोको व्यवस्था एन्फाले मिलाउन पर्नेछ।

७. खेल क्षेत्रलाई धुम्रपान र मध्यपान निषेधित क्षेत्र बनाउँदै सोही बमोजिमका कार्यहरु अगाडी बढाउनु पर्ने।

८.अखिल नेपाल फुटबल संघका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षक लगायतले आफ्नो पदीय मर्यादालाई ध्यानमा राखी कार्य गर्नु पर्ने।

९. विदेशी प्रशिक्षक अलमुताइरी र मेरो खेल अनलाईन पत्रिकाका पत्रकार विभा थापासँग भएको भनिएको विवाद समाधानका लागि आजका मितिले सात दिन भित्र एन्फा नेतृत्वले दवै पक्ष बोलाई समस्या समाधान गर्ने ।

१०.उल्लेखित विवादका कारण नेपाल र कतारबीचको मैत्रीपूर्ण सम्बन्धलाई समेत मध्यनजर गर्दै नेपाली फुटबलको विकास र विस्तारका लागि सम्बन्धित सबै पक्षहरुले आपसी विवाद एवं मनमुटावलाई आपसि समझदारी कायम गदी अगाडी बढ्न पर्ने  देखिन्छ।

११.अब उप्रान्त एन्फामा कुनै समस्या वा विवाद सिर्जना भए, आफ्नै समाधान नसकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तक्षेप नगराइ अभिभावकिय संस्था राष्ट्रिय खेलकुद परिषदलाई अनुरोध गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.