आजदेखि इपिएलको चौथो संस्करण सुरु हुने

A notice in Nepali from Mechinagar Ward No. 10

९ असोज, काठमाडौँ: लामो समयपछि नेपाली घरेलु मैदानमा दर्शकसहितको टी-२० क्रिकेट फर्किंदै छ। कोरोना महामारीले आक्रान्त पारेपछि पुनः उठ्न लागेको खेदकुदमा यो ठूलो फ्रेन्चाइज चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पक्कै पनि युवा खेलाडीका लागि अवसरका रुपमा रहने छ।

यद्यपि‚ अक्सनबाट विभिन्न टिममा आवद्ध भएका खेलाडी तथा ट्यालेन्ट हन्टबाट छानिएका युवा खेलाडीलाई विदेशी भेट्रान्ट स्टारका बीचमा आफूलाई उदाउनुपर्ने चुनौती छ। एक प्रकारले थोरै घरेलु प्रतियोगिता हुने नेपालमा पाइने सीमित अवसरमा प्रमाणित गर्नु पर्ने चुनौतीमा यो एक अर्को अवसरका रुपमा रहेको छ।

त्यसैले आजदेखि कीर्तिपुरस्थित टियु मैदानमा दर्शकको चिच्चाहटमा छक्का र चौकाको रोमाञ्चकता सुरू हुनेछ। तर
‚ कोरोना महामारी सकिनसकेकाले दर्शकका लागि भने जोगिने जिम्मा आफनै काँधमा छ।

स्वदेशीकै भर

यस पटक इपिएलमा सबै टिमले आफूलाई सक्दो राम्रो बनाउने प्रयास गरेका छन्। तर‚ स्टार विदेशी खेलाडीभन्दा स्वदेशी खेलाडीकै भर हुने पक्का छ।

किनकि‚ नाम चलेका विदेशी खेलाडी भए पनि अहिले राष्ट्रिय टिमबाट खेल्ने खेलाडी विरलै मात्र छन्। त्यसैले फर्मबाहिरका विदेशीभन्दा स्वदेशी खेलाडीकै विश्वासमा टिमले प्रदर्शन गर्नु पर्नेछ। त्यसैले दाबेदारीमा यो पटक चलेका र युवा स्टार खेलाडी अनुबन्धन गर्ने भैरहवा, ललितपुर, काठमाडौं अगाडि छन्।

यी खेलाडीको चर्चा

यस पटकको इपिएल स्वभाविक रुपमा चर्चा बढी छ। लामो समयपछि हुन लागेको फ्रेन्चाइज र महामारीबीच पनि स्टार विदेशीको उपस्थितिले प्रतियोगिता सुरु हुनु अघिनै समाचारका हेडलाइन बनेका छन्।

विशेष गरेर यस पटक शाहिद अफ्रिदीको चर्चा सर्वाधिक छ। उनका हरेक दिनका गतिविधि स्वभाविक चासोका रुपमा रहेका छन्। अब उनको उपस्थितिको अर्थ मैदानमा कस्तो रहन्छ‚ त्यो भने प्रतिक्षाका रुपमा रहने छ।

उनीसँगै श्रीलंकाका लिजेन्ड तथा पूर्वकप्तान उपुल थरंगा तथा दक्षिण अफ्रिकी लिजेन्ड रिचर्ड लेभी‚ बंगलादेशी स्टार तमिम इक्बाल लगायत ठूला नामले प्रतियोगिता अघिनै चर्चा बटुलेको छ।

विवादमा इपिएल

पूर्वकप्तान पारस खडकाले विराटनगर वारियर्सबाट टी-२० फ्रेन्चाइज इपिएलको कप्तानी गर्थे। पारसले ब्यक्तिगत कारण देखाउँदै प्रतियोगिता नखेल्ने बताए।

तर‚ जब वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले समेत घरायसी कारण देखाएर प्रतियोगिता नखेल्ने घोषणा गरे। त्यसपछि स्वभाविक रुपमा इपिएलका प्रमुख आमिर अख्तरसँगको विवादलाई कारण मानियो। जसले गर्दा प्रतियोगिता अघिको यो विवादलाई सतहमा ल्यायो।

युवालाई मौका

यो प्रतियोगितामा किशोर अर्जुन कुमालदेखि लिएर राष्ट्रिय टिमका युवा खेलाडीहरु कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेललगायत अधिकांश युवा स्टारहरु मैदानमा हुने छन्।

त्यसैले युवा खेलाडीलाई आफ्नो रवाफ छोड्न सिमित अवसरमध्येमा यो एउटा रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.