एन्फा नेतृत्वका लागि शेर्पाको प्यानल घोषणा, को-को छन् टीममा ?

A notice in Nepali from Mechinagar Ward No. 10

९ जेठ, काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी ६ असारमा हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहको उम्मेदवार घोषणा भएको छ ।

वर्तमान अध्यक्ष शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीको उम्मेदवारी घोषणा भएको छ ।

यसैगरी, उपाध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष उपेन्द्रमान सिंहलगायत सदस्यहरू दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठको उम्मेदवारी टुंगो लागेको छ ।

सदस्यमा फ्रेन्डसका अध्यक्ष दीपक थापा, सिराहाका प्रतिनिधि प्रविण यादव, साँगा क्लबका वरिष्ठ उपाध्यक्ष रुपेश अधिकारी, लमजुङका लोकेन्द्र गुरुङ, बागलुङका रामराजा गुरुङ, मकवानपुरका अध्यक्ष टिकाराम लामा, बाँकेका प्रदेशसिंह राठोर, जुम्लाका अध्यक्ष भरत बुढथापा, मछिन्द्रका टिम म्यानेजर अनिल श्रेष्ठ, च्यासलका अध्यक्ष रमेश व्यन्जनकार, खुमलटार युवा क्लबका अध्यक्ष मणिराज विष्ट, टोखा भगवती क्लबका अध्यक्ष मनिस जोशीको उम्मेदवारी घोषणा गरेका छन् ।

शेर्पा प्यानलले महिलामा सदस्यको उम्मेदवारी घोषणा गरेको छैन ।

उम्मेदवारी घोषणा कार्यक्रममा शेर्पा पक्षले आफूहरूले विगत चार वर्षमा गरेका कामको उल्लेख गर्दै ‘नेपाली फुटबलमा, संस्थागत विकासका लागि निरन्तर परिवर्तन, आर्थिक सवलीकरण र व्यावसायिकता हाम्रो अभियान’ नामको पुस्तिका सार्वजनिक गरेको थियो ।

यसअघि वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् । काठमाडौंको एक पार्टी प्यालेसमा उम्मेदवारी घोषणा गरेपछि शेर्पाले आजै निर्वाचन समितिसमक्ष उम्मेदवारी दर्ता गराउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.