प्रथम भद्रपुर झापा गोल्ड कपको उपाधि त्रिभुवन आर्मीलाई

A notice in Nepali from Mechinagar Ward No. 10

१६ फागुन, भद्रपुर : भद्रपुर झापा आमन्त्रण अन्तर्राष्ट्रिय  गोल्ड कपको उपाधि त्रिभुवन आर्मीले क्लबले उचालेको छ।
आज मेची रङ्गशालामा सम्पन भएको फाइनल खेलमा लिग विजेता मच्छिन्द्रलाई ट्राइब्रेकर ४-३ ले पराजित गर्दै आर्मीले उपाधि कब्जा गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलियो । १४ मिनेट थप गरिएको अतिरिक्त समयमा समेत गोल नलागेपछि खेलको निर्णय ‘पेनाल्टी सुट आउट’बाट लिनुपरेको हो । मच्छिन्द्रका २ खेलाडी गोल आर्मीका गोल रक्षकले बचाएपछि खेल आर्मीले ४-३ ले उपाधि आफ्नो पोल्टामा हालेको थियो।
उपाधिसगैँ आर्मीले नगद १३ लाख ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेतामा सिमित बनेको मछिन्द्रले नगद ७ लाख ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो। खेलको म्यान अफ द म्याच आर्मीका गोल रक्षक गन्डिप कुमार खड्का घोषित भए । उनले नगद रु २० हजार र ट्रफी हात पारे।
त्यसैगरी झापा रहेर फूटबलमा आफ्नो सारा जीवन अर्पण गर्ने खेलकूदको प्रवर्द्धनमा योगदान पुर्‍याउने पूर्व खेलाडी गम्भीर राईलाई” लाइफटाइम एचिभमेन्ट अवार्ड ” प्रदान गरियो।उनलाई १५० सिसीको टिभिएस मोटरसाइकल प्रदान गर्नका साथै कोट लगाइदिएर सम्मान गरियो।

भद्रपुर झापाकै शानको रुपमा रहने गरे १८ वर्षपछि सम्पन्न गरिएको खेल फागुन ७ गतेबाट सन्चालन भइ फागुन १६ गते सम्पन्न भयो। विदेशी ३ टोलीसहित नेपालका चर्चित १० टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.