तेस्रो इण्डो-नेपाल भेट्रान फुटबलको उपाधि बिर्तामोड युनाइटेडलाई

A notice in Nepali from Mechinagar Ward No. 10

६ चैत्र, काँकरभिट्टा : बिर्तामोड युनाइटेड झापाले तेस्रो इण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

सोमबार सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर काठमाण्डौँलाई २-० गोलअन्तरले पराजित गर्दै बिर्तामोडले उपाधि रक्षा गरेको हो । काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको उपाधि दिलाउन बिर्तामोडका तर्फबाट सुशन राई र रमेश गुरुङले समान एकएक गोल गरे ।
काठमाडौँले पनि फाइनलमा गोल गर्न निकै अवसर पाएको थियो तर गोल गर्न भने सकेन । सुसन राईको गोलबाट अग्रता लिएको बिर्तामोडले पेनाल्टी मार्फत पुनः अर्को गोल गर्दै उपाधि कब्जा गर्यो । उपाधिसँगै बिर्तामोडले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको काठमाडौंले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

आजको फाइनल खेलका म्यान अफ द म्याच पनि बिजेता टिमका बाबुलाल आस्था घोषित भएका छन् । उनले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे । यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा उपबिजेता फ्रिडम फाइटर काठमाडौंका श्यामबहादुर गुरुङ घोषित भएका छन् भने सर्वाधिक गोलकर्ताको उपाधि आयोजकसमेत रहेको काँकरभिट्टा भेट्रान फुटबल क्लबका सुजन शाक्यले कब्जा गरेका छन् ।

प्रतियोगितामा ज्येष्ठ भेट्रान खेलाडीलाईसमेत सम्मान गरिएको छ । जसमा डाउन टाउन दार्जिलीङ्गका राजन गोले तामाङ सम्मानित भएका छन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीको अवार्ड काठमाडौंका राजकुमार घिसिङले प्राप्त गरेका छन् । उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको बिजेता तथा उपबिजेतालाई फाइनल खेलका प्रमुख अतिथी कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ, बिशेष अतिथी मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीलगायतले उपाधि प्रदान गरेको आयोजक समितिका महासचिव शेरबहादुर बस्नेत (सुन्दर)ले जानकारी दिए ।

गत फागुन २७ गतेबाट शुरु भएको प्रतियोगिता आज समापन भएको हो । प्रतियोगितामा नेपाल तथा भारतका गरी १० टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.