गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सहयोगार्थ रकम उठाउँदै कलाकार

A notice in Nepali from Mechinagar Ward No. 10
Group photo of cricket players from Team Dhumus and Team Suntali posing together with their coaches or leaders, wearing red and blue sports jackets, standing against a brown cloudy sky background with cricket stadium lights, promoting Star Cricket 2021.

चितवन । हाँस्यकलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ ।

गृष्मा ब्रोडकास्टिङको आयोजनामा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आर्थिक सङ्कलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना हुने भएको छ । शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘स्टार क्रिकेट २०२१’ को बारेमा जानकारी गराइएको थियो ।

आयोजित पत्रकार सम्मेलनमा उपस्थित कलाकार र खेलाडीहरूले क्रिकेटसमेत खेलेका थिए । नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी सहभागी हुने टुर्नामेन्टमा दुई समूह बाँडिएको छ । दुई समूहलाई धुर्मुस र सुन्तलीले नेतृत्व गर्ने छन् भने मैदानमा धुर्मुस सुन्तली बिच प्रतिस्पर्धा हुनेछ ।

एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने छन् । टुर्नामेन्ट माघ २४ गते चितवनको निर्माणाधीन रङ्गशालामा हुनेछ । टुर्नामेन्टबाट उठेको सम्पूर्ण रकम रङ्गशालाको निर्माणमा प्रदान गरिने आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.