को बन्ने छन् नेपाली क्रिकेट टिमको प्रशिक्षक ?

A notice in Nepali from Mechinagar Ward No. 10

४ माघ, काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)को प्रशिक्षक छनोट समितिले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकका लागि आवेदन दिएकामध्ये उत्कृष्ट पाँच जना दावेदारको नाम छनोट गरेको छ ।

गत साता क्यानले सार्वजनिक सूचना जारी गरी प्रशिक्षक आवेदन खुला गरेको थियो । एक साताको समयमा २४ जनाको आवेदन परेकोमा उत्कृष्ट पाँच जनाको सर्टलिष्ट तयार गरी आजै (बुधबार) अन्तर्वार्ता लिन लागिएको हो ।
अन्तवार्तापछि एकजनाको नाम समितिले क्यानसमक्ष सिफारिस गर्ने समितिका संयोजकसमेत रहेका क्यान कार्यसमिति सचिव प्रशान्त मल्लले जानकारी दिए ।

नेपाल टिमको प्रशिक्षक बन्न आवेदन दिएकामध्ये झण्डै एक दशकदेखि नेपाल क्रिकेटसँग जोडिएका भारतका मोन्टी देशाई, नेपाल टिमका पूर्व प्रशिक्षक डेभ ह्वाटमोर, पूर्व बलिङ सल्लाहकार श्रीलंकाली धम्मिका प्रसाद, बंंगलादेश क्रिकेट टिमका निवर्तमान प्रमुख प्रशिक्षक दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्याण्ड टी–२० टिमका पूर्व प्रमुख प्रशिक्षक ग्लेन पोकनललाई छनोट गरिएको छ ।

सन् २०१४ देखि नेपाल क्रिकेट टिमको सल्लाहकार भूमिकामा रहेका मोन्टी पछिल्लो तीन वर्ष वेष्ट इण्डिजको ब्याटिङ प्रशिक्षकको जिम्मेवारी पूरा गरेर बसेका छन् । त्यसअघि उनले क्यानडाको प्रमुख प्रशिक्षक तथा युएईको ब्याटिङ प्रशिक्षकको जिम्मेवारी पनि पूरा गरेका छन् ।

नेपाली टिममा ब्याटिङको समस्या बढ्दो अवस्था र भारतीय क्रिकेटसँग नजिकको सम्बन्ध भएको तथा भाषाको सहजताका कारण पनि मोन्टीको सम्भावना बढी देखिन्छ ।

सन् २०२० को डिसेम्बरमा १ वर्षको सम्झौता गरी नेपाल क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका डेव ह्वाटमोरले ८ महिनामै पारिवारिक कारण देखाएर राजीनामा दिएका थिए । तर, एक महिना नबित्दै उनी भारतको रणजी टोली बडोदरासँग अनुबन्धित भए । उनले नेपाल क्रिकेटलाई धोका दिएको क्यान पदाधिकारी नै बताउँछन् । सन् १९९५ मा श्रीलंकालाई एकदिवशीय विश्वकपको उपाधि दिलाएका यी अस्ट्रेलियन नेपालले पाएको हाइप्रोफाइल प्रशिक्षक हुन् ।

श्रीलंकाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी धम्मिका प्रसादलाई नेपालले गत वर्ष टी–२० विश्वकप ग्लोवल क्वालिफायरका लागि बलिङ सल्लाहकार नियुक्त गरेको थियो । उनले प्रमुख प्रशिक्षक बन्नका लागि आवेदन दिएका छन् । नेपाली टिमका बलिङको तुलनामा ब्याटिङको समस्या ठूलो छ ।

तीन वर्ष बंगलादेश क्रिकेट टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी गत महिनामात्र बाहिरिएका दक्षिण अफ्रिकी प्रशिक्षक रसेल क्रेग डोमिंगो पनि नेपालको प्रशिक्षक बन्न इच्छुक देखिन्छन् । खेलाडीका रुपमा राम्रो छवि नभए पनि डोमिंगोको प्रशिक्षण अनुभव भने शानदार छ । बंगलादेश आउनुअघि सन् २०११ देखि २०१७ सम्म उनी दक्षिण अफ्रिकी क्रिकेट टिमको सहायक प्रशिक्षक थिए ।

नेपाल टिमको प्रशिक्षक बन्न आवेदन दिएर सर्टलिष्टमा परेका अर्का प्रशिक्षक हुन्– न्युजिल्याण्डका ग्लेन पोकनल । उनी न्युजिल्याण्ड ए टिमको प्रमुख प्रशिक्षक भइसकेका छन् । सन् २०२१ मा बंगलादेशसँगको टी–२० शृंखलामा उनी टिमको प्रमुख प्रशिक्षक थिए । पोकनलले सन् २०१३ मा आयरल्याण्डको ब्याटिङ प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

उनले सन् २०१३ देखि २०२२ सम्म न्युजिल्याण्डको पहिलो श्रेणीको क्लब विलिङटन फायरबर्ड्समा व्याटिङ, प्रशिक्षक, सहायक प्रशिक्षक र प्रमुख प्रशिक्षकको भूमिकामा थिए ।

यसबीचमा विलिङटनले फ्रेन्चाइज प्रतियोगिता सुपर स्म्यास चारपल्ट, एकदिवशीय प्रतियोगिता द फोर्ड ट्रफी दुईपल्ट र पहिलो श्रेणीको प्लङकेट ट्रफी एकपल्ट जितेको छ ।

उनी प्रतिभा पहिचानका लागि परिचित मानिन्छन् । विलिङटनबाट करिअर सुरु गरेका पाँच जना खेलाडीले पछिल्लो तीन वर्षमा राष्ट्रिय टिमबाट डेब्यू गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.