नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा ड्याव वाटमोर नियुक्त

A notice in Nepali from Mechinagar Ward No. 10
पढ्न लाग्ने समय: १ मिनेट • कुल शब्द: ११६

 

काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियाका ड्याव वाटमोर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको हो। वाटमोरले आगामी जनावरी १ देखि लागू हुने गरी नेपाली टिम सम्हाल्नेछन्।

क्यानले नेपाली टिमको प्रशिक्षकका लागि गत कात्तिक अन्तिम साता एक दर्जन प्रशिक्षकको अन्तर्वार्ता लिएको थियो।

जसमा वाटमोरसहित पूर्व प्रशिक्षक पुबुदु दसानायके, भारतका अपूर्व देसाइ लगायतले अन्तर्वार्ता दिएका  थिए।

 

श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन्। ६६ वर्षीय वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ। उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो।

क्यानले वाटमोरलाई प्रशिक्षक नियुक्त गरेसँगै रौनकबहादुर मल्ललाई महाप्रवन्धक, रमेशकुमार न्यौपानेलाई मुख्य बृत्त व्यवस्थापक र विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.