विश्वकप खेल्न लक्ष्य सहित यू–१९ महिला क्रिकेट टोलीको बिदाई

A notice in Nepali from Mechinagar Ward No. 10

आईसीसी यू–१९ महिला विश्वकप अन्तर्गत एशिया छनोटका लागि मलेसिया जाने नेपाली टोलीलाई मंगलवार बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर बुधवार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाइ गरेको हो।

टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतको टोलीले बिदाइ गरेको छ। बिदाइपछि बोल्दै नेपाली टोलीकी कप्तान कृतिका मरासिनीले शीर्ष टोली भएर विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ तयारी गरेको र लक्ष्यमा पुग्ने प्रतिक्रिया दिइन्।

यसअघि क्यानले छनोटका लागि कृतिका मरासिनीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। एक महिना लामो अभ्यास गरेको टोलीले राम्रो नतिजा निकाल्नेमा मुख्य प्रशिक्षक महेश रिजाल विश्वस्त छन्। ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा शीर्ष टोली बन्दै नेपाल विश्वकपमा छनोट हुने मुख्य प्रशिक्षक रिजालले बताए।

मलेसियामा आयोजना हुने छनोटमा आयोजक मलेसियासहित नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्याण्ड, भुटान र कतारले सहभागिता जनाउँदै छन्। नेपालले पहिलो खेल कतारसँग जुन ३ मा खेल्दै छनोटको सुरुवात गर्नेछ।

नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा प्रतिस्पर्धा गर्ने तालिका छ भने भुटानविरुद्ध जुन ६ मा खेल्नेछ।

त्यस्तै नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ। शीर्ष स्थानमा रहने टोलीले दक्षिण अफ्रिकामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछ।

पूर्ण खेल तालिका यस प्रकार छ: 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.