नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापना गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा नेपाल पुलिस स्कुल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही र एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले समझदारीपत्रमा हस्ताक्षर गरे।

नेपाल पुलिस स्कुल साँगाको जुनियर कक्षामा अध्ययनरत १३ वर्ष मुनीका विद्यार्थीहरुको शैक्षिकस्तर सँगसँगै खेलकुद क्षेत्रमा व्यवस्थित तवरले विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्न ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ को स्थापना गर्न लागिएको बताइएको छ।

एकेडेमीमा २१ जना रहनेछन्। जसमा ७ जना नेपाल पुलिस स्कुलबाट, ७ जना एन्फाले नेपालभर छनोट गरेका र ७ जना त्यहाँ भर्ना हुन इच्छुक हुनेछन्।

एकेडेमीका लागि एन्फाले चार वर्षसम्म प्राविधिक सहयोग गर्नेछ।
एकेडेमीको स्थापना भएपछि नेपाल प्रहरीको प्रतिनिधित्व गर्ने नेपाल पुलिस क्लबलाई एएफसी क्लब लाइसेन्सको लागि तोकिएको मापदण्डमध्ये अधिकांश मापदण्डहरु पूरा भई लाइसेन्स प्राप्त गर्न सहज हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन पाउने अवसर प्राप्त हुनेछ।

एकेडेमी स्थापना पछि समग्र व्यवस्थापनको लागि गठन हुने संचालक समितिले खेलाडीको छनोट एकेडेमीको नीति निर्माण, व्यवस्थापन, सुपरिवेक्षण एवं नियन्त्रण सम्बन्धि प्रमुख जिम्मेवारी निर्वाह गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.