साफ च्याम्पियनसिप २०२३ को उपाधि जित्दै भारत नवौँपटक साफ च्याम्पियन

A notice in Nepali from Mechinagar Ward No. 10

२० असार, काठमाडौं : गोलकिपर गुरप्रित सिंह सन्धु नायक बन्दै कुवेतका कप्तान खालेद हजिएहको पेनाल्टी प्रहार रोकेपछि भारतले साफ च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ ।

मंगलबार भएको फाइनलमा भारतले आमन्त्रित टोली कुवेतलाई सडनडेथमा हराउँदै कीर्तिमानी नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमको खेल १-१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

सुरुमा ५-५ पेनाल्टी प्रहार गरिएकोमा दुवै टोलीले ४-४ पेनाल्टी गोलमा परिणत गरे । जहाँ भारत कप्तान सुनिल क्षेत्री, सन्देश जिन्गन, लालिएन्जुअला चाङ्ग्टे र सुबासिस बोसले गोल गरे । भारतका उदान्त सिंह पेनाल्टीमा चुके ।

कुवेतका फवाज अलओताइबी, अहमद अल्धेफेरी, अब्दुलजिज महरान र सबाइब अलखाल्दीले गोल गरे भने मोहम्मद अब्दुलल्ह गोल गर्न सकेनन् ।

त्यसपछि सडनडेथमा भारतका लागि महेश सिंहले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । अनि गोलकिपर गुरप्रितले कुवेतका कप्तान खालेद अजिएहको अन्तिम पेनाल्टी प्रहार बचाएपछि भारत विजयी भएको हो ।

भारत घरेलु मैदानमा अपराजित रहँदै च्याम्पियन बनेको हो । यसअघि समूह चरणमा भारतले कुवेतले १-१ को बराबरी खेलेका थिए । सेमिफाइनलमा भारतले अर्को आमन्त्रित टोली लेबनानलाई पेनाल्टीसुटआउटमा हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.