फुटसलको उपाधि सुकुना क्याम्पसलाई : काँकरभिट्टा क्याम्पस उपविजेता

A notice in Nepali from Mechinagar Ward No. 10

१० साउन, मेचीनगर :  दमकमा सम्पन्न प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले हात पारेको छ ।

दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसलाई ८–१ को फराकिलो गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो ।

उपाधिसँगै सुकुनाले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता काँकरभिट्टाले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी सुकुनाका दिवस राई भए । उच्च गोलकर्ता सुकुनाका अनिश खवास, उत्कृष्ट गोलकिप्पर सुकुनाका युकेश राई, उत्कृष्ट प्रशिक्षक सुकुनाका नितेश काफ्ले भए । फेयर प्लेको उपाधि काँकरभिट्टाले पायो ।

यसअघि सेमिफाइनलमा काँकरभिट्टाले मोडल क्याम्पस दमकलाई ६–२ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । सुकुनाले भद्रपुरको मेची बहुमुखी क्याम्पसलाई ४–३ गोल अन्तरले हराएर फाइनल प्रवेश गरेको थियो ।

विजेता तथा उपविजेतालाई आयोजक युनियन सभापति सोविम न्यौपाने, दमक–९ का वडाध्यक्ष कुवेर भट्टराई, दमक बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष ढुण्डीराज भण्डारी, क्याम्पस प्रमुख डा. नेत्रबहादुर बुढाथोकी लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा गरेका थिए ।

विपन्न विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नदिन छात्रावृत्ति कोष निर्माणका लागि प्रतियोगिता आयोजना गरिएको हो । कोषका लागि पाँच लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको सभापति न्यौपानेले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.