भारत हिडेका नेपाली वडी विल्डीङ टोलीलाई काँकरभिट्टामा स्वागतसहित विदाई

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, १८ मंसिर । शनिबारदेखि भारतको बैङ्गलौरमा शुरु हुन गइरहेको अन्तर्राष्ट्रिय वडी विल्डीङ मसल मेनियामा सहभागी जनाउनका लागि विहीबार नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

अफिसियल र खेलाडीसहित नौ सदस्यीय टोलीलाई काँकरभिट्टामा स्वागतसहित विदाई गरिएको थियो । काँकरभिट्टास्थित क्लासिकल फिट्नेश पार्कले आयोेजना गरेको स्वागत तथा विदाई कार्यक्रममा नेपाली प्रतिनिधिहरुलाई पार्कका सञ्चालक तथा झापा जिल्ला जिम एण्ड फिट्नेश क्लबका अध्यक्ष गंगालाल गुरुङ्ग, फूटबल प्रशिक्षक दीपक कार्की,काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेतलगायतले खादा अविर पहिर्याएर स्वागतसहित जीतका लागि शुभकामना व्यक्त गर्नुभयो ।


व्यवस्थापक संज्ञान खरेलको नेतृत्वमा रहेको नेपाली टिममा नेपालमै एकमात्र आइएफवीवी प्रो कार्ड प्राप्त विनिता राईसहित खेलाडीहरु रजिन बज्रचार्य, धिरज घर्ती मगर, प्रकाश केसी र सुभम डंगोल रहनुभएको छ ।

विदाई कार्यक्रममा बोल्दैं झापा जिल्ला जिम एण्ड फिट्नेश क्लबका अध्यक्ष गंगालाल गुरुङ्गले जिमले मानिसको शारीरिक तथा मानसिकरुपमा स्वस्थ्य राख्ने भएपनि सरकारले अन्य खेललाई जस्तै जिममा प्राथमिकतामा नराखेको गुनासो गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.