अब पारस खड्का क्रिकेटको व्यवस्थापन तिर : काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा घले निर्विरोध

A notice in Nepali from Mechinagar Ward No. 10

३० साउन, काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का काठमाडौँ जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित भएका छन् । अबको उनको यात्रा नेपाली क्रिकेटको विकास र व्यवस्थापनमा केन्द्रीत हुने देखिन्छ । त्यसैगरी काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले चुनिएका छन् । मंगलबार सम्पन्न संघको चौथो साधारण सभाले नेपाल क्रिकेट संघ (क्यान)का पूर्वउपाध्यक्ष समेत रहेका घलेलाई निर्विरोध चयन गरेको हो ।

संघको उपाध्यक्षमा अजयवीर पाण्डे, सचिवमा किरण राणा, कोषाध्यक्षमा विनित ध्वज चन्द चुनिए ।

यस्तै, सदस्यहरूमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँगै अमृता पौडेल, वसन्तराज सत्याल, विजयकुमार शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, साश्वत शर्मा, हिमालराज गिरी, धिरेन्द्रलाल श्रेष्ठ र ज्योति गुरुङ चुनिए ।

कार्यसमितिका सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् । क्यानको केन्द्रिय निर्वाचन नजिकिँदै गर्दा अहिले जिल्ला निर्वाचन जारी छ । क्यानको केन्द्रिय निर्वाचन असोजमा हुने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.