नेपाल सुपर लिगको उपाधि ललितपुर सिटीलाई,धनगढी ३-२ ले पराजित

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ ।नेपाल सुपर लिग (एनएसएल)को उपाधि ललितपुर सिटी एफसीले जितेको छ। शनिबार साँझ दशरथ रङ्गशालामा भएको प्रतियोगिताको फाइनलमा ललितपुरले धनगढी एफसीलाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो।
एनएसएलको पहिलो संस्करणमा समेत फाइनलमा हारेको धनगढी लगातार दोस्रो संस्करणमा फाइनलमा पुगे पनि उपाधि उचाल्ने अवसरबाट भने विमुख भयो।

सुरुवाती अग्रताका बाबजुत धनगढी ललितपुरविरुद्ध पराजित हुन पुग्यो। पहिलो पटक दशरथ रङ्गशाला दर्शकले भरिएको एनएसएलमा धनगढीले ३७ औँ मिनेटमा ओलावाले आफिजको गोलमार्फत अग्रता बनाएको थियो।

तर, पहिलो हाफमा नै खेलमा फर्किएको ललितपुरले पहिलो हाफको इन्जुरी समयमा गोल गर्न सफल भएको थियो। उसका लागि इमो इजोकीले बराबरी गोल फर्काए।

पहिलो हाफमा १–१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफको सुरुवातमा नै ललितपुरले अग्रता बनायो। ललितपुरका लागि दिनेश हेन्जनले ५० मिनेटमा दोस्रो गोल गर्दा इमो इजेकीले नै ५८ औँ मिनेटमा आकर्षक एक्रोब्याटिक सर्टमार्फत खेललाई ३–१ को अवस्थामा पुर्‍याए।

धनगढीले इन्जुरी समयको अन्तिम समयमा एक गोल फर्काए पनि खेलमा ३–२ ले पराजित भयो। अघिल्लो संस्करणमा समेत धनगढी काठमाडौँसँग फाइनलमा १–० ले पराजित भएको थियो।

जितेसँगै ललितपुरले ७० लाख प्राप्त गर्दा उपविजेतामा सीमित भएको धनगढीले २० लाख नगद हात पारे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.