प्रदेश नम्बर १ पुरुष तथा महिला कबड्डी छनौट प्रतियोगिता २०७८ शनिबारबाट झापाको मेचीनगरमा शुरु प्रतियोगितामा

१४ जिल्लाका २ सय बढी खेलाडी सहभागिता

A notice in Nepali from Mechinagar Ward No. 10

२९ माघ, मेचीनगर : प्रदेश नम्बर १ पुरुष तथा महिला कबड्डी छनौट प्रतियोगिता २०७८ शनिबारबाट झापाको मेचीनगरमा शुरु भएको छ ।
झापा जिल्ला कबड्डी संघको आयोजनामा धुलाबारीमा शुरु छनौट प्रतियोगितामा प्रदेश नम्बर १ का १४ वटा जिल्लाका २ सयबढी खेलाडी सहभागी रहेको संघका उपाध्यक्ष भूमि पौडेलले जानकारी दिनुभयो ।
धुलाबारीस्थित इष्ट होराइजन माविको मैदानमा छनौट प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती र वडानम्बर १० का वडाध्यक्ष सुदय पनेरुले संयुक्तरुपमा गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दैं प्रमुख अतिथि नगर प्रमुख आचार्यले अनुशासीत रुपमा आफ्नो दक्षता र क्षमता कुशलता प्रदर्शन गर्न खेलाडीहरुलाई सुझाँव दिनुभयो । नगरपालिका स्थानीय सरकार भएकाले विभिन्न खेल र खेलाडीको विकासका लागि नगरपालिका सधै सक्रिय रहेको उहाँको भनाई थियो ।
विशिष्ट अतिथि उपप्रमुख उप्रेतीले प्रदेश नम्बर १ पुरुष तथा महिला कबड्डी छनौट प्रतियोगिता २०७८ झापाको त्यसमा पनि मेचीनगरमा शुरु हुनु आफैमा गर्वको कुरा भएको विचार राख्नुभयो । उहाँले प्रदेश स्तरीय छनौट प्रतियोगिता नगरमा ल्याउन पहल गर्ने झापा जिल्ला कबड्डी संघलाई धन्यवाद दिनुभयो ।
वडाध्यक्ष पनेरुले खेलाडीहरुलाई खेलकुदसहित अध्ययनमा समेत ध्यान दिन सुझाँव दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरका अध्यक्ष सविना बजगाईले आफ्नो नगरमा प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुनु नगरवासीका लागि गौरवको कुरा भएकाले प्रतियोगिता सफल पार्न हरेक नगरवासीले साथ दिनुपर्ने बताउनुभयो ।
संघका जिल्ला अध्यक्ष किरण शर्माको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सहभागीलाई संघका उपाध्यक्ष भूमि पौडेलले स्वागत गर्नुभएको थियो । उहाँले प्रदेश नम्बर १ मा कबड्डी खेलाडीहरुको संख्या निक्कै भए पनि विविध कारणले आफ्नो कला कौशल प्रदर्शन गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले झापा विभिन्न खेलको उर्वरभूमि भएकाले झापाले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गरेको स्मरण गराउनुभयो ।
प्रतियोगितामा पुरुषतर्फ ८५ केजी तौल समूह तथा महिलातर्फ ७५ केजी तौल समूहमा खेल प्रदर्शन गरिने छ । प्रतियोगितामा सहभागिमध्ये १२ महिला तथा १२ पुरुषसहित २४ जना खेलाडी छनौट हुने छन् । छनौट भएका खेलाडीले फागुन ७ देखि १० गतेसम्म बर्दियाको गुलरियामा हुने राष्ट्रिय पुरुष तथा महिला कबड्डी छनौट प्रतियोगिता २०७८ मा १ नम्बर प्रदेशबाट सहभागि जनाउने छन् । त्यसबाट छनौट खेलाडीले चाइनामा हुने एशियाली पुरुष तथा महिला कबड्डी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
उद्घाटन समारोहमा विभिन्न राजनीतिक दल, शिक्षक, विद्यार्थी, खेलक्षेत्रका संघ संस्था, उद्यागी व्यवसायीहरुका प्रमुख प्रतिनिधिसहिको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.