साफ च्याम्पियनसिप : श्रीलंकाविरुद्ध नेपालको आधादर्जन गोल

A notice in Nepali from Mechinagar Ward No. 10

२९ मंसिर, काठमाडौँ: बंगलादेशमा जारी यू-१९ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले प्रतियोगिताको दोस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको छ। बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई एकपक्षीय रूपमा पराजित गर्‍यो। अधिकांश समय नेपालले दबाबमा राखेको खेलमा श्रीलंकाविरुद्ध नेपालले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा पनि ३ गोल थपेको थियो।

नेपाललाई रश्मि कुमारी  घिसिङले पाँचौँ मिनेटमै अग्रता दिलाइन्। दुई गोल गरेकी उनले पाँचैँ मिनेटमा एक डिफेन्डर बिट गर्दै डिबक्स बाहिरबाट गरेको लामो प्रहार गोलमा परिणत हुँदा नेपालले सुरूवाति अग्रता बनाएको थियो।

पहिलो गोल गरेको एक मिनेट नबित्दै सविता राना मगरले नेपालको अग्रता दोब्बर बनाइन मध्यभागमा पाएको फ्री किकलाई डिबक्मा रहेको सविताले वान टच प्रहार गर्दै गोल गरिन्।सविता रानामगरले गरेको क्रसलाई गोललाइनमा रहेकी मेनुका कुमारी आलेमगरले खाली पोष्टमा ‘फाइनल टच’ दिँदै नेपालको अग्रता ३-० मा पुर्‍याएकी थिइन्।

दोस्रो हाफमा पनि सुरुवातबाटै दबाब बनाएको नेपालले सलोनी रानामगरको क्रसमा वान ड्रप बललाई हेड गर्दै रजनी थोकरले ४७औँ मिनेटमा नेपालको अग्रता ४-० मा पुर्‍याएकी थिइन्।नेपालको अग्रता फराकिलो बनाउने क्रममा सलोनी राना मगरले ५२औँ मिनेटमा पाँचौँ गोल गरिन्।

उनले डि बक्स बाहिरबाट गरेको शक्तिसाली प्रहार गोलमा परिणात भएको थियो।

नेपालका लागि छैटौं तथा व्‍यक्तिगत दोस्रो गोल भने रश्मिकुमारी घिसिङले ८६औँ मिनेटमा सम्भव बनाएकी थिइन्।घिसिङले फ्री किकमार्फत आकर्षक गोल गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.