मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगे

A notice in Nepali from Mechinagar Ward No. 10

१३ पौंष, काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके आज नेपाल आइपुगेका छन्।

विमानस्थलमा पुबुद’लाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे। क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रूपमा पुबुदुलाई अनुमोदन गरेपछि उनले पुनः नेपाल टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन्।

मंगलबार विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग बोल्दै प्रशिक्षक पुबुद’ले पुनः नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरे। साथै नेपालको चुनौती सामना गर्न आफू तयार भएको पनि बताए।

पहिले नेपाली टोली सम्हाल्दा र अहिले टोली सम्हाल्दा फरक भएको भन्दै प्रशिक्षक दासानायकेले नेपाली क्रिकेट नयाँ उचाइमा पुर्‍याउने जिम्मेवारी थपिएको बताए।

प्रशिक्षक पुबुदुले हाल नेपाली टोलीमा खेलाडी र क्यानबीचको समस्या संसारका सबैजसो देशमा हुने गरेको र नेपालको समस्या समान्य भएको भन्दै बन्द कोठाभित्र छलफल गरे समाधान हुने विश्वास व्यक्त गरे।

प्रशिक्षक दासानायकेले क्रिकेट अगाडि बढाउनका लागि खेलाडी र क्यानले सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रशिक्षक दासानायकेले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोलीलाई प्रशिक्षण दिइसबेका छन्। उनकै प्रशिक्षणमा नेपालले पहिलोपटक सन २०१४ मा आइसिसी ट्‌वान्टी–२० विश्वकप खेलेको थियो।

सोही हिसाबले दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षकका रूपमा लिइन्छ। पूर्व मुख्य प्रशिक्षक डेव ह्वाटमोरले ओमान भ्रमणको क्रममा उतैबाट राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन रहेको थियो। त्यसपछि क्यानले खुला प्रतिस्पर्धाबाट पुबुदुलाई प्रशिक्षक नियुक्त गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.