आईपीएल अक्सनमा नेपालबाट क-कसको नाम भयो दर्ता ? (सूचीसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

८ माघ, झापा : इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दर्ता गराएका १५ नेपाली क्रिकेटरको नाम सार्वजनिक गरेको छ ।

क्यानका अनुसार कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, पवन शर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीको नाम दर्ता गरिएको छ ।

आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कूल एक हजार २१४ खेलाडीले नाम दर्ता भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ ।

खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसीमा तोकिएको थियो, जसमा भारतीय ८९६ र ३१८ विदेशी खेलाडीले नाम दर्ता गराएका हुन् । मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.