कुवेतले होइन नेपालले जित्दा खुशी मिल्छ : अलमुताइरी

A notice in Nepali from Mechinagar Ward No. 10

३ चैत, काठमाडौं : जेठको अन्तिम हप्ता एसियन कप क्वालिफायर खेल्ने नेपालले त्यसकै तयारी स्वरुप थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

चैत १० गते थाइल्याण्डमा हुने मैत्रीपूर्ण खेलको तयारीमा रहेको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एसियन कप क्वालिफायरको तयारीबारे पत्रकारसँग खुलेरै कुराकानी गरे ।

नेपालले पहिलो खेल जोर्डनसँग जुन ८ (जेठ २६ गते)मा खेल्नेछ । दोस्रो खेल कुवेतसँग जुन ११ (जेठ २८ गते)मा हुने छ । तेस्रो खेल इन्डोनेसियासँग जुन १४ (जेठ २४ गते)मा खेल्नेछ ।

अलमुताइरीले कुवेतविरुद्ध खेल्दा आफू भावानात्मक हुने गरेको उनले बताए । ‘कुवेतविरुद्धको खेल मेरा लागि भावनात्मक हुनेछ’, कुवेती नागरिक उनले भने, ‘त्यो खेलमा दुवै देशको राष्ट्रिय गान गाउँछु ।’

उनले आफू कुवेतबाट आए पनि महत्वपूर्ण कुरा भने अहिले नेपाली टिममा हुनुलाई मानेका छन् । ‘म कुवेतबाट आएको हुँ, तर अब म नेपाली हो । म पासपोर्ट केयर गर्दिन । म नेपालका लागि ज्यान दिन्छु । कुवेत जित्दा म खुशी हुन्न । मलाई खुसी मिल्न नेपालले जित्नुपर्छ । आशा छ मेरो विचारलाई सबैले सम्मान गर्नेछन्’, अल्मुताइरी भने ।

उनले नेपाली समर्थकले आफूलाई धेरै माया गरेको भन्दै कुनै खेलमा आफूले राम्रो गर्न नसक्दा त्यो गुमाउनुपर्छ कि भन्ने चिन्ता भने लिएका छन् । नेपालीहरुको मायाले आफ्नो खराब समयमा पनि खुशी दिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.