नेपाल टी-२० लिग खेल्ने ६ फ्रेन्चाइज टिमको नाम सार्वजनिक

A notice in Nepali from Mechinagar Ward No. 10

११ जेठ, काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले आगामी असोज-कात्तिकमा आयोजना गर्ने पहिलो संस्करणको नेपाल टी-२० लिग खेल्ने फ्रेन्चाइज टिमको नाम सार्वजनिक गरेको छ ।

क्यानको मंगलबार बसेको बोर्ड बैडकले नेपालको सात प्रदेश मध्ये कर्णालीबाहेक ६ प्रदेशका ६ टिमको नाम बुधबार सार्वजनिक गरेको हो ।

क्यानका अनुसार विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा र सुदूरपश्चिम रहेको छ ।

क्यानले जेठ ४ गते पत्रकार सम्मेलन गरी असोज ८ देखि कात्तिक ५ सम्म नेपाल टी-२० लिग हुने जानकारी गराएको थियो । लिगका खेल त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

क्यानले अब आफ्नै आधिकारिक फ्रेन्चाइज लिग आयोजना गरेन भएपछि अहिले भएका विभिन्न फ्रेन्चाइज लिगलाई नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको कदर गर्दै अब भने राष्ट्रिय लिगको मान्यता नदिने र क्षेत्रीय लिगको संरचनामा आयोजना गर्ने अनुमति दिने निर्णय समेत गरेको जनाएको छ ।

‘नेपालमा हालसम्म सञ्चालनमा रहेका अन्य फ्रेन्चाइज लिगहरुले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने र संघकआ बफ्नै आधिकारिक लिग सञ्चालन हुने भएकोले अन्य कुनै पनि लिगहरुलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रुपमा मान्यता नदिने तर षेत्रिय लिगको संरचनामा सञ्चालन गरने अवस्थामा अनुमति दिन सकिने निर्णय गरियो,’ वक्तव्यमा भनिएको छ ।

क्यानले आफ्नै लिग घोषणा गरेपछि नेपालकै चर्चित लिगको रुपमा चार संस्करण बयोजना भएको एभरेष्ट प्रिमियर लिग इपीएल आयोजक र त्यसका फ्रेन्चाइजले पत्रकार सम्मेलन गरेर क्यानले इपीएल आयोजना गर्न नदिए क्यानकै कार्यक्रम बहिरस्कार गर्ने घोषणा समेत गरेको थियो ।

तर क्यानले भने आफ्नै लिग गर्ने भएपछि अरु लिगलाई मान्यता नदिने बताइसकेको छ । क्यानले नेपाल टी-२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई कमर्ससियल एण्ड स्ट्राटेजिक पार्टनरको रुपमा ८ वर्षका लागि सम्झौता गरिसकेको छ । जसवापत सेभेन थ्री स्पोर्ट्सले वार्षिक ४ करोडभन्दा बढी रकम क्यानलाई दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.