नेपाल यूएईविरूद्ध टस जितेर पहिला ब्याटिङमा

A notice in Nepali from Mechinagar Ward No. 10

२८ फागुन, काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले यूएई विरूद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन् ।

नेपालले यूएईसँगको खेलका लागि टिममा दुई परिवर्तन गरेको छ । ज्ञानेन्द्र मल्ललाई बेन्चमा राख्दै गुलसन झा लाई प्लेइङ ११ मा समावेश गरेको छ । यस्तै, करण केसीको स्थान ललित नारायण राजवंशीले लिएका छन्।

आजको खेलमा यूएईलाई हराए नेपालले एक दिवसीय मान्यता जोगाउने छ । भने, शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोट खेल्न बाँकी सबै खेल जित्नु पर्ने छ ।

नेपाली टोली

रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम शार्की, कुशल मल्ल, आरिफ शेख, गुल्सन झा, सन्दीप लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.