नेपाल दोस्रो पटक टी-२० विश्वकपका लागि छनोट

A notice in Nepali from Mechinagar Ward No. 10

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोट प्रतियोगिताबाट नेपाल र आयोजक ओमान सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपका लागि छनोट भएका छन्। बुधबार सुपर सिक्सको खेलमा युएईले सामोआलाई ७७ रनको फराकिलो अन्तरले पराजित गरेपछि नेपाल र ओमानले आफ्नो दुई खेल बाँकी रहँदै शीर्ष तीनमा स्थान बनाउने निश्चित भएको हो। यससँगै नेपाल लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक टी-२० विश्वकपमा छनोट भएको छ। यसअघि नेपालले सन् २०१४ मा पहिलोपटक र सन् २०२४ मा दोस्रोपटक विश्वकप खेलेको थियो।

सुपर सिक्सको अंक तालिकामा ओमान र नेपाल समान ६ अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन्, जहाँ नेपाल नेट रन रेटमा पछि परेको छ। युएई ४ अंकसहित तेस्रो स्थानमा छ। शीर्ष तीन टोली विश्वकपका लागि छनोट हुने प्रावधानअनुसार नेपाल र ओमान सुरक्षित भएका हुन्। तेस्रो स्थानका लागि युएई, जापान, सामोआ र कतारबीच प्रतिस्पर्धा हुनेछ, जसमध्ये युएईको सम्भावना बलियो छ।

छनोटको ट्रफी जित्ने लक्ष्यका साथ नेपाली टोली बुधबार राति ८:४५ बजे ‘डु एण्ड डाइ’ खेलमा ओमानसँग भिड्दैछ। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा नेपाली टोलीले हालसम्म जारी प्रतियोगितामा उत्कृष्ट बलिङ र फिल्डिङका कारण जितहरू हात पारेको छ। युएईलाई १ रनले र कतारलाई ५ रनले हराउँदै नेपालले आफ्नो ‘कार्डियाक किड’ उपनामलाई प्रमाणित गरेको छ। प्रशिक्षक स्टुअर्ट लको नेतृत्वमा नेपालले तेस्रोपटक विश्वकप खेल्न लागेको हो। यो विश्वकपमा नेपालको सन् २०१४ को टोलीबाट सोमपाल कामी मात्र बाँकी रहेका छन्। नेपालले सुपर सिक्सको अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.