भारतविरुद्ध आसिफ र सोमपालको उत्कृष्ट ब्याटिङ, नेपालले दियो २३१ रनको चुनौतीपूर्ण लक्ष्य

A notice in Nepali from Mechinagar Ward No. 10

पहिलो पटक एसिया कप खेलिरहेको नेपालले बलियो भारतविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ।

श्रीलंकास्थित पेल्लेकल रंगशालामा टस हाररे पहिला ब्याटिङ गरेको नेपालका लागि आसिफ सेख र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले भारतलाई २३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

नेपालका लागि ओपनर आसिफ सेखले सर्वाधिक ५८ रनको इनि««ङ खेले । उनले ९७ बलमा ८ चौका प्रहार गरे। आसिफले कुशल भुर्तेलसँग मिलेर नेपाललाई उत्कृष्ट सुरुआत दिलाए ।

यी दुईले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए। आक्रामक ब्याटिङ गरेका कुशलले २५ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ३८ रन बनाए।

यस्तै, आठौं नम्बरमा ब्याटिङका लागि आएका सोमपाल कामी अर्धशतक बनाउन २ रन मात्र चुके । मोहम्मद सामीको बलमा विकेटकिपर इशन किशनबाट क्याच आउट हुनुअघि उनले ५६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ४८ रन बनाए।

यस्तै, दीपेन्द्रसिं ऐरीले २५ बलमा ३ चौका प्रहार गर्दै २९ रन बनाए। दीपेन्द्र र सोमपालले सातौं विकेटका लागि ५० रनको उत्कृष्ट साझेदारी गरे। गुल्सन झाले ३५ बलमा ३ चौका प्रहार गर्दै २३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

भारतका मोहम्मद सिराज र रविन्द्र जडेजाले समान २ विकेट लिए। सिराजले ९.२ ओभरमा ६१ रन खर्चिए भने जडेजाले १० ओभरमा ४० रन खर्चिए। यस्तै, मोहम्मद सामी, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले पनि समान १ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.