साफ यू-१९ च्याम्पियनशिपमा, नेपाल भारतसँग समूह ‘बी’ मा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : आगामी मे ९ देखि १८ तारिखसम्म भारतको अरुणाञ्चल प्रदेशमा हुने तेस्रो संस्करणको साफ यू-१९ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल आयोजक भारतसँगै समूह ‘बी’ मा परेको छ। मंगलबार काठमाडौंमा आयोजित ड्र कार्यक्रममा नेपालको समूह निर्धारण भएको हो।

प्रतियोगितामा भारतसहित नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्। नेपालको समूह ‘बी’ मा आयोजक भारतसँगै श्रीलंका रहेको छ भने समूह ‘ए’ मा बंगलादेश, भुटान र माल्दिभ्स परेका छन्।

गत वर्ष नेपालमै सम्पन्न साफ यू-१९ च्याम्पियनशिपमा भारतले पाकिस्तानलाई पराजित गर्दै उपाधि जितेको थियो। सन् २०२४ मा भने यू-२० साफ च्याम्पियनशिप आयोजना गरिएको थियो।

प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइनेछ, जसअनुसार समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगितामा कुल ९ खेल हुनेछ, जुन अरुणाञ्चल प्रदेशको युपियास्थित गोल्डन जुब्ली स्टेडियममा खेलाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.