नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी झापाका तीन शहरमा प्रदर्शन

A notice in Nepali from Mechinagar Ward No. 10

झापा, भदौ २२: नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर पूर्वी नेपालको झापा आइपुगेको छ। नेपाल क्रिकेट संघ (क्यान) को सहकार्यमा विराटनगर किंग्सले शनिबार विराटनगरबाट ट्रफी टुर सुरु गरेको थियो। यसै क्रममा आइतबार झापाका तीन सहरहरू भद्रपुर, मेचीनगर र बिर्तामोड मा ट्रफी प्रदर्शनी गरिएको छ।

भद्रपुरमा मेची क्याम्पस क्रिकेट मैदानमा हेलिकप्टरमार्फत ट्रफी ल्याएर प्रदर्शन गर्ने योजना भए पनि खराब मौसमका कारण सो कार्यक्रम हुन सकेन। त्यसपछि ट्रफीलाई डेग्लो होटेलको सभा हलमा राखेर प्रदर्शनी गरिएको थियो।

भद्रपुर क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुली को अध्यक्षतामा र भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विराटनगर किंग्सका टिम म्यानेजर दीपेन्द्र चौधरी ले शुभकामना व्यक्त गरेका थिए।

भद्रपुर क्रिकेट क्लबका उपाध्यक्ष गौरव सुब्बा ‘मनोज’ ले पहिलो सिजनमै लोकप्रिय बनेको एनपीएलको ट्रफी भद्रपुर आउँदा सहरको गौरव बढेको बताएका छन्। उनले आगामी पुसमा हुने कोशी च्याम्पियन लिग प्रतियोगिताका लागि पनि यस ट्रफी टुरले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

झापाको भद्रपुरपछि मेचीनगरस्थित काँकडभिट्टाको मेची पुल र बिर्तामोडमा पनि ट्रफी प्रदर्शनी गरिएको थियो। अब सोमबार दमकमा प्रदर्शनी हुने जनाइएको छ। दोस्रो संस्करणको एनपीएल क्रिकेट प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.