पर्यटन प्रवर्धन को लागि प्रदेश न १ र प्रदेश न २ को पर्यटन व्यवसायीहरु सहमत

A notice in Nepali from Mechinagar Ward No. 10

१४ कार्तिक, बीरगन्ज : पर्यटन प्रवर्धन को लागि प्रदेश न १ र प्रदेश न २ को पर्यटन व्यवसायीहरु सयुक्त प्याकेज बनाउन सहमत भएका छन्। प्रदेश नं १ बाट आएका होटल तथा पर्यटन व्यवसायीहरु र प्रदेश न २ का होटल तथा पर्यटन व्यवसायी हरु बिच शनिवार बीरगन्ज मा भएको छलफल मा सयुक्त रुपमा पर्यटक प्रवर्धन गर्न सहमत भएका हुन । छलफल पछि पत्रकार सम्मेलन गरी सो जानकारी होटल एसोसियसन नेपाल हान प्रदेश नं १ का अध्यक्ष राजन श्रेष्ठ ले दिनु भएको छ । प्रदेश न १ र २ को धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसाबले दुवै प्रदेशमा प्रचुर संभावना भएपनि पर्यटन क्षेत्रमा राज्यको उपेक्षाका कारण पूर्वाधार विकास हुन नसक्दा ओझेलमा परेको ले पर्यटन व्यवसायी हरु सयुक्त अभियान संचालन गर्नु पर्ने सहमति पनि भएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ का अध्यक्ष गणेश लाठ ले बताउनु भएकोछ ।

यस अघि प्रदेश नं १ बाट आएका होटल तथा पर्यटन व्यवसायीहरुलाई वीरगञ्जमा स्वागत गरिएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ प्रदेश नं २ र पर्यटन तथा हवाई यातायात समितिले उनीहरुको स्वागत गरेको हो । होटल एसोसियसन नेपाल हान प्रदेश नं १ का अध्यक्ष राजन श्रेष्ठको नेतृत्वमा आएको प्रतिनीधि मण्डललाई नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ का अध्यक्ष गणेश लाठ नेतृत्वको टोलीले स्वागत गरेको थियो । वीरगञ्जका उद्योगी, होटल तथा पर्यटन व्यवसायीले भने भारतीय पर्यटकलाई सम्मान गर्न सक्नुपर्नेमा जोड दिए । उनीहरुले भारतीय पर्यटकलाई आर्कषित गर्न प्याकेज ल्याउनुपर्ने बताए । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघको आगामी कार्य समितिको बैठक भेडेटारमा गर्ने घोषणा समेत गरिएको छ ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, सचिव मनोज दास, सह सचिव अनोज रुंगटा, पर्यटन तथा हवाई यातायत समिति सह संयोजक सञ्जय अग्रवाल, नेपाल युव उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवाल, मकालु होटलका सञ्चालक मोहन प्रधान लगायतले प्रदेश नं २ र प्रदेश १ मा पर्यटकीय संभावना र सहकार्य गर्न सकिने ठाउँहरुको बारेमा चर्चा गरेका थिए ।

प्रदेश नं १ बाट आएका आन्तरिक पर्यटन पुनरत्थान समिति संयोजक भविस कुमार श्रेष्ठ, नाट्टा प्रदेश नं १ का अध्यक्ष उदय कुमार श्रेष्ठ, नाट्टा प्रदेश नं १ का मजा सचिव नवीन खरेल, होटल व्यवसायी महासंघ प्रदेश नं १ का अध्यक्ष राजन दंगाल, होटल व्यवसायी महासंघका महासचिव बासुदेव बराल, इटहरी होटल संघ का अध्यक्ष जीवन पराजुली, सुनसरी उद्योग वाणिज्य संघकी एलिना मगर, बर्दिबासका होटल व्यवसायी दिपेन्द्र पराजुली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वीरगञ्ज उद्योग वाणिज्य संघका मनोज उपाध्यायले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.