राष्ट्रपतिद्वारा काष्ठमण्डपको उद्घाटन

A notice in Nepali from Mechinagar Ward No. 10

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनः निर्माण सम्पन्न भएको ऐतिहासिक काष्ठमण्डप (मरुसतः) को लोकार्पण गरेकी छन्।

काष्ठमण्डप परिसरमा आज (साेमबार) आयोजित समारोहमा राष्ट्रपति भण्डारीलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमडपको साँचो हस्तान्तरण गरेपछि राष्ट्रपतिबाट साँचो प्रदर्शन गरी सोको लोकार्पण गरिएको हो।

पुनर्निर्माण सम्पन्न भएसँगै अब काष्ठमण्डप सर्वसाधारणका लागि खुला गरिएको छ। राष्ट्रपति भण्डारीले असहज स्थितिको सामना गर्दै ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत काष्ठमण्डपको पुनः निर्माण र जीर्णोद्धार कार्य सम्पन्न भएकाेमा खुसी व्यक्त गर्दै निर्माणमा संलग्न महानगर र सम्पदाकर्मी तथा निर्माण कार्यमा संलग्न व्यक्तिहरुको प्रशंसा गरिन्।

२०७२ को भूकम्पबाट जनजीवन, बस्ती र सम्पादालाई प्रभावित पारे पनि नेपालीले दुःख, कष्टलाई सामूहिक रुपमा मिलेर पुनः निर्माण गर्न सक्छौं भन्ने आत्मविश्वासको पुनः पुष्टि भएको उनले बताइन्।

राष्ट्रपति भण्डारीले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्न यस्ता ऐतिहासिक सम्पदाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गरिन्र।

उनले पछिल्ला अध्ययनबाट प्राप्त काष्ठमण्डप बारेको नयाँ तथ्यलाई आत्मसात् गर्दै नेपालभित्र रहेको ज्ञान र सीपप्रति गौरवबोध गर्नुपर्ने पनि बताइन्। सो अवसरमा राष्ट्रपति भण्डारीले पुनः निर्माण कार्य र सम्पदा संरक्षणमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरेकी थिइन्।

निर्माण समितिले निर्माण कार्य निरन्तर चलिरहने प्रक्रिया भएकाले उद्घाटन नभई लोकार्पणको कार्यक्रम तय गरिएको जनाएको छ।

कार्यक्रममा काष्ठमण्डप पुनः निर्माण समितिका अध्यक्ष एवं प्रदेशसभा सदस्य राजेश शाक्यले पुनर्निर्माणपछि काष्ठमण्डपको साँचो काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेका थिए।

महानगरको रु. ३० करोड ५० लाखको लगानीमा तीन वर्ष आठ महिनाको समयमा सो पुनः निर्माण गरिएको हो। प्रमुख शाक्यले लामो समयको प्रयासपछि पुनः निर्माण सम्पन्न भएकामा खुसी व्यक्त गर्दै चन्दा सङ्कलन गरेर काष्ठमण्डपको पुनः निर्माण गर्ने या कसरी गर्ने भन्ने विषयमा विवाद भएको स्थितिमा आफूहरु निर्वाचित भएपछि कार्यपालिकाबाट निर्णय गरेर बजेट विनियोजन गरेर काम सुरु गरिएको बताए।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, संस्कृतिविद् सत्यमोहन जोशी, पुरातत्व विभागका तत्कालीन महानिर्देशक भेषनारायण दाहाललगायतको साथ र प्रोत्साहनमा महानगरले पुनः निर्माणको काम थालेको उनको भनाइ थियो। पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले काष्ठमण्डपको ऐतिहासिकता र मौलिकता ख्याल गरेर पुनः निर्माण गरिएको जानकारी दिए।

काठमाडौँप्रेसबाट

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.