हप्तामा दुईदिन बिदाकाे निर्णय छापियाे राजपत्रमा

A notice in Nepali from Mechinagar Ward No. 10

२७ वैशाख, काठमाडौँ : सरकारले आगामी जेठ १ गतेबाट हप्तमा दुई दिन विदा दिने सूचना राजपत्रका प्रकाशित गरेको छ । सरकारले परीक्षणका रुपमा जेठ १ गतेबाट लागू हुने गरी हप्तामा दुई दिन विदा दिने गरी निर्णय राजपत्रमा प्रकाशित गरेको हो ।

सरकारले प्रत्येक शनिबार र आइतबार सार्वजनिक विदा दिने भएको छ । जसमा सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९.३० बजेदेखि अपरान्तह ५.३० बजेसम्म निर्धारण गरेको छ । तर, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९.३० बजेदेखि अपरान्ह ४.३० बजेसम्म रहनेछ ।

त्यसैगरी, २०७९ सालको लागि निर्धारण गरिएका दशैं र तिहारमा सार्वजनिक विदाबाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह पर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुल सेवा, राहदानी सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, बैंकिङ सेवा, आन्तरिक राजश्व, भूमिसुधार तथा मालपोत कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले साय निर्धारण गरेबमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउनेछ ।

हेर्नुहोस् राजपत्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.