नाट्टा उत्कृष्ट सम्मान एवम् पुरस्कार चरा खाेजकर्ता खरेललाई

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा , २८ जेठ : यसवर्षकाे नाट्टा उत्कृष्ट सम्मान एवम् पुरस्कार चरा खाेजकर्ता देवेन खरेललाई प्रदान गरिएकाे छ । नेपाल एसाेसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट नाट्टा प्रदेश नम्वर १ काे शनिबार विर्तामाेडमा सम्पन्न १० ओैँ वार्षिक साधारण सभाका अवसरमा खरेललाई उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएकाे हाे । नगद ५ हजार रूपैयाँसहित सम्मान पत्र र दाेसल्ला कार्यक्रमका प्रमुख अतिथि नाट्टाका केन्द्रीय अध्यक्ष रमेश थापा एवम् नाट्टा प्रदेश नम्वर १ का अध्यक्ष उदयकुमार श्रेष्ठले संयुक्तरूपमा प्रदान गर्नुभएकाे थियाे ।

नाट्टा १ नम्वर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्दै वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरूले पर्यटन व्यवसायीहरूकाे हक, हित अधिकार प्राप्तिका लागि आपसमा एकजुट भएर अघि बढ्न जाेड दिएका थिए । वक्ताहरूले विविधकारणले दैनिकजसाे पर्यटन व्यवसायीहरू पलायन भएकाले उनीहरूकाे समस्या पहिचान गरि समाधानकालागि सम्बन्धित पक्ष लाग्नु पर्नेमा जाेड दिएका थिए ।

सरकारले हरेक वर्ष पर्यटनको क्षेत्रमा वजेट विनियाेजन गरे पनि ठाेस रूपमा कार्यन्वयन नभएकाे भन्दै सरकारकाे आलाेचना गरेका थिए । उनीहरूले देशभरका पर्यटन व्यवसायीहरू एउटै भएका राज्यले वजेट विनियाेजन गर्दा समावेशीरूपमा गर्न सरकारकाे ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नाट्टाका केन्द्रीय अध्यक्ष थापा, नेपाल पर्यटन वाेर्डका कार्यकारी सदस्य कृष्ण शाह, नाट्टाका सल्लाहकार भविशकुमार श्रेष्ठ , नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी, नाट्टा सुदूरपश्चिम प्रदेशका सचिव शिवहरी पाण्डे, नाट्टा मधेश प्रदेशका अध्यक्ष माेहन शर्मा,नेपाल पर्यटन बाेडका अधिकृत सुर्य थपलिया, सम्मानित व्यक्ति देवेन खरेल, हाेटल व्यवसायी संघ १ नम्वर प्रदेश अध्यक्ष राजन श्रेष्ठ , पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतले बाेल्नु भएकाे नाट्टाका प्रेस संयाेजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयाे । महासचिव नवीन खरेलले सञ्चालन गर्नुभएकाे उद्घाटन सत्रमा सहभागी सबैलाई वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले स्वागत गर्नुभएकाे थियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.