वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त

A notice in Nepali from Mechinagar Ward No. 10

१९ साउन, काठमाडौँ : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमका कार्यकारी अध्यक्षलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत जेठ २६ गते स्पष्टीकरण सोधेको थियो । उनले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि बर्खास्तीमा परेका हुन् ।

उनीमाथि निगमका कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो । त्यस्तै कानुनी आधार र औचित्य बाहिर गएर ट्विनअटर विमान भाडामा दिएको, साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली लगी वित्तीय हानी पुर्‍याएको, सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई टिकट बिक्रीको जिम्मा दिएको, जसमा अध्यक्ष आफैंले लाभ लिएको लगायतका आरोप उनीमाथि लागेको थियो । सो सम्बन्धमा पनि सरकारले स्पष्टीकरण सोधेको थियो।

कर्मचारीमाथि दूर्व्यवहार गरेको विषयमा उनीमाथि छानबिन गर्नका लागि समितिसमेत गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.