भद्रपुर-पोखरा हावाई सेवा सुचारुको खुसीयालीमा पोखराका मेयर तथा पर्यटन व्यवसायीलाई झापामा भव्य स्वागत

A notice in Nepali from Mechinagar Ward No. 10

२६ फागुन, भद्रपुर : झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरले आजदेखि भद्रपुर–पोखरा सीधा उडान औपचारिक सुरु गरेको छ ।

आज विहान पोखराबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित पर्यटन व्यवसायी र सञ्चारकर्मीहरुको टोली बुद्ध एयरको यु फोर–९६१ विमानबाट भद्रपुर विमानस्थलमा अवतरण गर्नुभएको बुद्ध एयरका भद्रपुर स्टेसन म्यानेजर ओम प्रधानाङ्गले जानकारी दिनुभयो ।

पोखराका पर्यटकीय गन्तव्यहरुको बारेमा प्रचार गर्ने र भद्रपुरलगायत झापाका पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी लिने उद्देश्यले झापा आएको सो टोलीलाई भद्रपुर विमानस्थलमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख इन्दु अधिकारी, नेपाल उद्योग वाणिज्य समहासंघ कोशी प्रदेश अध्यक्ष टिकाराज ढकाल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट कोशी प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठ, महासचिव नविन खरेल, मेची उद्योग वाणिज्य संघका नविर्तमान अध्यक्ष ऋषिराज तिम्सिना, पर्यटन व्यवसायी शेखर ढकाललगायतले माला तथा खादा लगाएर स्वागत गर्नुभएको थियो ।

पाृखराबाट आएको उक्त टोलीले भद्रपुर २ स्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल किच्चकबध, नेपालकै सबैभन्दा होचो भाग रहेको कचनकवल–४ स्थित कचनकवल स्तम्भ क्षेत्र तथा चिया उद्योगहरुको अवलोकन भ्रमण गरेको थियो ।

भद्रपुर नगरपालिकाको व्यवस्थापनमा गरिएको अवलोकन–भ्रमणपश्चात आयोपजत अन्तरक्रियात्मक कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले भद्रपुर र कचनकवलका महत्वपूर्ण पर्यटकीय एवम् ऐतिहासिक स्थलहरुको अवलोकन भ्रमण गर्न पाएको भन्दै खुशी व्यक्त गर्नुभयोे आगन्तुक पर्यटकहरुले पनि ती दुई गन्तप्यहरुको भ्रमण गरेर ऐतिहासिक महत्वका विषयमा जानकारी हासिल गर्न पाएको बताउनु भयो ।

झापाका सञ्चारकर्मीहरुसमेतको सहभागितामा भद्रपुर नगरपालिकाका प्रमुख पोखरेलको अध्यक्षतामा आयोजित अन्तरक्रियामा भद्रपुर–पोखरा सीधा हवाई सेवाको दिगोपनका लागि गर्न सकिने कामहरुका बारेमा चर्चा गरिएको थियो ।

भद्रपुर–पोखरा हवाई उडान दुरी एक घण्टा ५ मिनेटको हुनेछ । भद्रपुरबाट पोखराका लागि बेलुकी ६ः५५ को समय तोकिएको छ । हवाई टिकट दर ७ हजार ५ सय तोकिएको स्टेशन म्यानेजर प्रधानाङ्गले जानकार दिनु भयो । भद्रपुर–पोखरा सीधा हवाई सेवाले आन्तरिकसहित छिमेकी राष्ट्रहरू भारत, भूटान, बङ्गलादेशका यात्रुलाई सहज हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.