भद्रपुर-पोखरा सिधा उडान सुरु, ६ यात्रु लिएर उड्यो बुद्ध एयर : भोलि पोखराबाट भद्रपुरका लागि उडान भर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

२५ फागुन, भद्रपुर : भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरले आजदेखि भद्रपुर-पोखरा सिधा उडान सुरु गरेको छ । बुद्ध एयरको युफोर-९६२ विमान ६ यात्रु लिएर बिहीबार राती ८ बजेर १५ मिनेटमा भद्रपुरबाट पोखराको लागि उडान भरेको बुद्ध एयरका भद्रपुर स्टेसन म्यानेजर ओम प्रधानाङ्गले जानकारी दिए ।
पोखराका लागि उडान भर्ने पहिलो यात्रुको रुपमा तीन महिला र तीन पुरुष गरी ६ जनालाई खादा लगाएर स्वागत सम्मान गरिएको स्टेसन म्यानेजर प्रधानाङ्गले बताए । भोलि बिहान ६ बजेर १५ मिनेटमा बुद्ध एयरको युफोर-९६२ विमान पोखराबाट भद्रपुरका लागि उडान भर्ने उनले बताए ।

हवाई उडान दुरी एक घण्टा ५ मिनेटको हुनेछ । त्यसपछि सोही विमान ७ बजेर ५० मिनेटमा भद्रपुरबाट काठमाडौँका लागि उड्नेछ । आज पहिलो दिन भएकोले विमान ढिलो उडेको बताउँदै उनले भने, ‘भद्रपुरबाट पोखरा लागि बेलुकी ६ः५५ को समय तोकिएको छ । हवाई टिकट दर ७ हजार ५ सय तोकिएको उनको भनाई छ । भद्रपुर-पोखरा सिधा हवाई सेवाले आन्तरिकसहित छिमेकी राष्ट्रहरू भारत, भुटान, बङ्गलादेशका यात्रुलाई सहज हुने जनाइएको छ ।

यसैगरी भोलि बुद्ध एअरले बिहान ०६:१५ बजे पाेखराबाट भद्रपुरकालागि उडान भर्ने छ । सोही उडानबाट पोखरा महानगरपालिका प्रमुख श्री धनराज आचार्यको नेतृत्वमा पोखरा टुरिजम काउन्सिल, नाट्टा गण्डकी, पत्रकार लगायत बिभिन्न पर्यटन सम्बन्धी संस्थाबाट सहभागीहरु पर्यटन प्रवर्द्धनको लागि झापा आउन लागेकाे नेपाल एशाेसिएसन अफ टुर्स एण्ड ट्राभल एजेण्ट नाट्टा काेशी प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

साे अवसरमा गण्डकी प्रदेश र काेशी प्रदेशकाे पर्यटन प्रवर्द्धन र विकास कसरी गर्न सकिन्छ त्यस विषयमा अन्तरक्रिया र छलफल हुने नाट्टा काेशी प्रदेशका महासचिव नवीन खरेलले बताउनुभयाे । टाेलीलाई भद्रपुर विमानस्थलमा नाट्टा काेशी प्रदेशले स्वागत गर्ने छ । त्यसपछि देशकै हाेचाे ठाउँ केचना, धार्मिक एवम् पर्यटकीय स्थल किच्चकबधलगायतकाे स्थलगत अवलाेकन गर्ने र दिउँसाे १ बजे विविध कार्यक्रम हुने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.