वीराटनगर विमानस्थललाई अन्तरदेशीय उडान योग्य बनाइने, प्रदेश सरकारले पनि लगानी गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं बाहिरको व्यवस्था मध्ये एक वीराटनगर विमानस्थलको क्षमता विस्तार हुने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तरदेशीय उडान गर्न मिल्नेगरी विमानस्थलको क्षमता विस्तार गर्ने योजना बनाएको छ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यो विमानस्थलको धावनमार्ग, टर्मिनल तथा अन्य पूर्वाधारको क्षमता विस्तार गरिने छ।

हाल १५ मिटर लामो धावनमार्ग भएको यो विमानस्थलबाट भारत लगायतका देशमाा उडान गर्नका लागि ठूला जहाज उडान तथा अवतरण गर्न मिल्नेगरी पूर्वाधार विकास गरिने पोखरेलले जानकारी दिए।

विमानस्थलको क्षमता विस्तारका लागि प्रदेश सरकारले लगानी साझेदारी गर्ने भएको छ। यसका लागि प्राधिकरण र प्रदेश १ सरकारबीच समझदारी हुने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र प्रदेश १ का मुख्यमन्त्री शेरधन  राईको उपस्थितिमा आज उक्त समझदारी हुँदै छ।

समझदारीअनुसार प्रदेश सरकारले विमानस्थलको पूर्वाधार निर्माणमा ५० प्रतिशत लगानी गर्ने छ। जग्गा अधिग्रहण तथा पूर्वाधार निर्माणमा प्रदेश सरकारले लगानी गर्ने भएको हो।

विमानस्थलको स्वामित्व केन्द्र सरकारकै हुने भएपनि अपनत्वका लागि प्रदेश सरकारले अनुदानका रुपमा लगानी गर्ने छ।

यसअघि सुर्खेत विमानस्थल विस्तारका लागि कर्णाली प्रदेश सरकारसँग पनि समझदारी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.