विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

A notice in Nepali from Mechinagar Ward No. 10

मङ्गलबार ९ ,मङ्सिर २०७७

विराटनगर । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने भएको छ । विमानस्थललाई स्तरोन्नति गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले १ सय २६ दशमलव ४६ बिघा जमिन अधिग्रहण गर्ने भएको छ ।

संघीय सरकारको कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले यस विमानस्थललाई विस्तार गरी अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नतिका लागि प्राधिकरणलाई १२६ दशमलव ४६ बिघा जमिन अधिग्रहण गर्न अनुमति दिएको थियो।

यसअघि गत असोज १९ गते विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न र तीन हजार मिटर लामो धावन मार्ग निर्माणका लागि अधिग्रहण गरिने जमिनको मुआब्जा प्राधिकरणले ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशत रकम बेहोर्ने त्रिपक्षीय सहमति भएको थियो ।

२०२५ सालमा भारतको लगानीमा स्थापना भएको यो विमानस्थलको क्षेत्रफल हाल १ सय १९ बिघा ८ कठ्ठा र धावन मार्गको लम्बाइ १ हजार ५ सय मिटर छ । गत वर्ष प्राधिकरणले विमानस्थलपूर्वको उत्तर र दक्षिणतर्फका २६ वटा घरसहित ४ बिघा ८ कठ्ठा जमिन ६९ करोड रुपैयाँ मुआब्जा तिरेर अधिग्रहण गरेको थियो ।

हाल विमानस्थलको दक्षिण र उत्तर तारजाली बीचको दूरी २ सय १२ मिटर छ । त्यही तारजालीको बीचमा धावन मार्ग छ । धावन मार्गको बीच प्वाइन्टवाट कम्तीमा एक सय ५० मिटर दक्षिण र एक सय ५० मिटर उत्तर अधिग्रहण गर्दै पश्चिम केशलिया खोलातर्फको जमिन अधिग्रहण गरिने नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख उत्सव खरेलले बताए ।

अहिले उत्तर–दक्षिण चौडाई ९० मिटरदेखि १५० मिटर सम्मको छ । त्यसलाई समान १५० मिटर बनाउँदै टर्मिनल भवन रहने उत्तरतर्फ केही बढी जमिन अधिग्रहण गरिने खरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.