काँकरभिट्टामा कलाकार बरालको एकल साँझ : तीनदिनसम्म काँकरभिट्टा संगीतमय हुने

A notice in Nepali from Mechinagar Ward No. 10

२६ माघ मेचीनगर : साँझ पर्दै थियो । झापाको मेचीनगर ६ स्थित होटल हिकोला हेरीटेजको हलमा विस्तारै न्याना लुगामा ठाँटिएर आउनेको भीड् बढ्न थाल्यो । भीड्मा युवा पुस्ताभन्दा पाका उमेरका अनुहार हलभित्र प्रवेश गर्न आतुर देखिन्थे । अघिपछि विभिन्न संघ संस्थाका साधारणसभा, अन्तरक्रिया र विवाहलगायत अन्य कार्यक्रमले कोलाहल बन्ने उक्त हल बिहीबार भने संगीतमत बन्यो सवै नाचे हाँसे र रमे ।

झापाको विर्तामोड र काँकरभिट्टामा रहेको होटल हिकोला हेरिटेजले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा तीन दिवसीय सांगितिक कार्यक्रम गर्ने निधो भएर अनुसार पहिलो दिन चर्चित कलाकार यम बरालको एकल साँझ आयोजना गरेको थियो । माघ २६, २७ र २८ गते साँगितिक साँझ आयोजना गर्ने होटल सञ्चालक सञ्चालक देवीभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

साँझ संगसंगै क्रमस माघ महिनाको चीसोको मौसम बढ्दै गएपनि खचाखच भएको हलमा सहभागि कवि कलाकार, सायर, संगीतप्रेमी दर्शकलाई भने कलााकर यम वरालको गीतले न्यानो बनाउँदै लगेको अनुमान सोझै गर्न सकिन्थयो । कलाकार यम वरालको गीत सुन्न मेचीनगरकै मात्र होइन झापाका विभिन्न ठाउँ र सीमानापारी दार्जिलिङ्ग, खर्साङ्ग, मिरिकसमेत बाट मानिसहरु आएका थिए । मिरिकबाट आएकी बाल गायिका इनुङ्मा लिम्बुले समेत आफ्नो प्रस्तुती दिईन् ।

दर्शकको लामो प्रतिक्षापछि कलाकार बराल ८ बजे स्टेज उक्लिनुभयो । साहित्यकार खगिन्द्रा खुशीले सञ्चालन गरेको कार्यक्रमको शुरुवातमा नेपाली सांङ्गीतिक आकाशका अद्भुत प्रतिभा स्वर्गीय स्वर सम्राट नारायणगोपालप्रति सम्मान व्यक्त गर्दै नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको अतुलनीय कार्यको उच्च मुल्याङ्कन गर्दै कलाकार बरालले उहाँप्रति सम्मान गर्दै उहाँकै तिम्रो जस्तो मुटु मेरो पनि, तिम्रो जस्तो माया मेरो पनि नभुलाउँ … बोलको गीतबाट कार्यक्रम श्री गणेश गर्नुभयो । कुल नौ वटा गीत प्रस्तुत गर्नुभएको कलाकार बरालले स्वर्गीय स्वर सम्राट नारायण गोपालकै चलचित्र चिनोको ‘मोहनी लाग्ला हैं’ बोलको गीतबाट आफ्नो प्रस्तुती इतिश्री गर्नुभयो । यो गीतले कलाकार बरालको गीत सुन्न मेचीपारी र जिल्लाका अलग अलग स्थानबाट जम्मा भएका दर्शकले रमाइलो माने ।

त्यसपछि कलाकार बरालले कालीप्रसाद रिजालको शब्द र आलोक श्रीको संगीत रहेको छायाँ एल्बमको आफ्नै गीत ‘निष्ठुरीले छाडेर गईहाली’ बोलको गीत गाउँदा दर्शक टाउको हल्लाउदैं गीतमा समर्थन गर्न व्यस्त बने । तर, धेरै जानी नजानी कम्मर हल्लाउदैँ स्टेजमै पुगे । कार्यक्रम सञ्चालक खगिन्द्राको प्रस्तुतीले पनि सहभागी सवैको आङ्ग जिरिङ्ग जिरिङ्ग बनाउँथ्यो । उहाँको उद्घोषण गर्ने कला पनि तारीफ गर्न लायककै थियो ।

कलाकार बरालले शुरुमै स्वर्गीय स्वर सम्राट नारायणगोपालको गीत गाएर दर्शकको मन जित्नुभयो । उहाँले लगत्तै तेस्रो प्रस्तुतीकारुपमा ‘बादलुको घुम्टोले इलाम बजार छोपिदाँ’ बोलको गीत गाउँदा दर्शकले ताली बजाएर गीत मन परेको संकेत मात्र गरेनन् आ आफ्नो ठाउँबाट जुरुक्क उठेर नाच्न थाले । कलाकार वरालले अधिकाँश नेपाली चलचित्रका निक्कै लोकप्रिय गीत गाएर सबैलाई मन्त्रमुग्ध पार्दै दर्शकलाई सांगीतिक मज्जा दिलाउनुभयो । चलचित्र अल्लारेको निक्कै लोकप्रिय ‘अब चोटहरुले पिरोलदैन् मलाई’ बोलको गीत गाएर स्टेज उर्लिनुभयो । करीव ३४ मिनेट उहाँले निरन्तर चारवटा गीत प्रस्तुत गरीरहदा दर्शकदिर्घाबाट ‘वान्स मोर वान्स मोर ’भन्ने आवाजमात्र सुनिन्थियो ।

८ बजेर ३४ मिनेटमा स्टेलबाट तल झर्नु भएका कलाकार बराल दोस्रो पटक स्टेज उक्लिदाँ ८ बजेर ५४ मिने पार भइसकेको थियो । बीचको समयमा ‘भ्वाइस अफ नेपाल किड्स’ उपविजेता अनुजा कडरियाले स्टेज समहाल्नुभयो । उहाँले ‘मखमली चोली चाहिादैन्, रेशमको साडी चाहिँदैन्’ र ‘म धर्ती तिमी हौ आकाश,म नदी तिमी हौ सागर’ बोलका दुईवटा गीत गाउनुभयो । त्यसपछि भारतको दार्जिलिङमिरिकबाट आउनु भएकी बाल गायिका इनुङ्मा लिम्बुले एउटा गीत गाएर कलाकार बराललाई पालो दिनुभएको थियो । दोस्रो पटक ८ बजेर ५४ मिनेटमा स्टेच चढ्नु भएका कलाकार वरालले ५ वटा गीत गाउन भ्याउनुभयो । नेपाली चलचित्र मुस्कानको ‘हेर हेर पूर्वबाट झुल्किएछ घाम’, चलचित्र आगोको ‘माया बस्यो मुटुमा मायाको मिठास, चलचित्र भैरेको ‘सनम माया लाको’ र चलचित्र चिनोको ‘मोहनी लाग्ला है ’बोलको गीत गाएर बीट मार्नुभयो । उहाँले बीच बीचमा विभिन्न कलाकारको स्वरमा रहेको गीतका टुक्रा टुक्रा प्रस्तुत गर्दै थप आनन्द दिनुभयो ।

कार्यक्रम स्थलमै रहनु भएका वरिष्ठ संगीतकार जीवन अधिकारीको निक्कै तारीफ गर्न भ्याउनु भएका कलाकार बरालले उहाँका समेत थुप्रै गीत गाएको सुनाउनु भयो । राष्ट्रिय ओतप्रोतले भरिएको गीत ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे ’बोलको गीतमा परिवर्तन थिएटरका कलाकारहरुको नृत्यले कार्यक्रमलाई अझ बढी संगीतमय बनाएको थियो । संगीतप्रेमी दर्शकको भरिभराउँ त्यो हल कार्यक्रम नसकिन्जेल खाली देखिएन् ।

तीनदिनसम्म होटलको वार्षिकोत्सवमा २७ गते गायक नाम्गेल तामाङ र कृपा पौडेलको सांगितिक प्रस्तुति रहने छ । माघ २८ गते गजलकार प्रदीप रोदनको एकल गजल वाचन रहने होटलका प्रबन्ध निर्देशक गौरव श्रेष्ठले बताउनु भयो । साहित्य चौतारीका कलाकर्मीले पनि आफ्नो प्रस्तुती पस्किने मासिक सांगीतिक काव्यसभाकी संयोजक सुनिता तामाङले बताउनुभयो ।

होटल स्थापना दिवसको अवसरमा विहिबार नेपाल भित्रिने पर्यटकलाई सीमा नाकामा पुगेर स्वागत गरिएको थियो । कार्यक्रममा जातीय संस्कृति झल्किने लाखे सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो । विभिन्न बाजागाजासहित विहान प्रभातफेरि समेत भएको उहाँले जानकारी दिनुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.