नेपाल वायुसेवा निगमका पाँच पाइलटलाई कारबाही गर्न निर्देशन

A notice in Nepali from Mechinagar Ward No. 10

९ माघ, काठमाडौँ :  नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका पाँच पाइलटलाई कारबाही गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमानेपछि पाइलटलाई निलम्बन गर्न गत शुक्रबार नै निर्देशन दिएको निरौलाले नेपाल प्रेसलाई जानकारी दिए ।

‘पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई निलम्बन गर्न भनिएको हो’, उनले भने । यता निगमले भने अध्ययन गरेर मात्र अघि बढ्ने जनाएको छ । तर, प्राधिकरणले भने आफू नियामक भएकाले निगमले आफ्नाे निर्देशन मान्नुपर्ने बताएको छ ।

यस्तै काठमाडौंबाट जापान उड्ने क्रममा निर्देशन नमानेको भन्दै अर्का दुई पाइलट वाईटी जुहार्तन र प्रसन्न राणालाई पनि निलम्बन गर्न निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.