वाग्मतीमा एमालेका १२ सांसद एकीकृत समाजवादीमा, मुख्यमन्त्री शाक्य अल्पमतमा

A notice in Nepali from Mechinagar Ward No. 10

१५ भदौ, हेटौंडा :– वाग्मती प्रदेश सभाका १२ सदस्यले एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

१२ जना प्रदेश सभा सदस्यले आज मङ्गलवार प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर एकीकृत समाजवादीको नाममा सनाखत गरेको भक्तपुरका प्रदेश सभा सदस्य राजेन्द्रमान श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । निर्वाचन आयोगले यही भदाै २२ गतेसम्म दल रोज्न पाउने निर्णय गरेको छ ।

वाग्मतीमा १२ जना एमालेका सदस्य एकीकृत समाजवादीमा लागेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ । उहाँले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

एक सय १० सदस्यीय प्रदेश सभामा ५६ सांसद रहेको एमालेसँग अब जम्मा ४४ जना मात्रै सदस्य रहेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको हो ।

गएकाे भदाै १ गते अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.