आजको मौंसम : वर्षा र हिमपातको सम्भावना

A notice in Nepali from Mechinagar Ward No. 10

३ पौंष, काठमाडौँ : भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण मुलुकका केही क्षेत्रमा वर्षाको सम्भावना पनि छ ।

दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ ।

प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको पनि आकलन महाशाखाले गरेको छ । त्यस्तै, प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि प्रक्षेपण गरिएको छ ।

राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

सोमबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागको एक-दुई स्थानमा हल्का हिमपातको पनि आकलन महाशाखाले गरेको छ ।

तराईका केही भूभागमा बिहानदेखि नै हुस्सु लागेको छ । पूर्व र पश्चिम तराईका केही स्थान तथा मध्य तराईका धेरै स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.