झापा र कास्कीमा अति भारी वर्षा, घान्द्रुक आसपास पहिरोको जोखिम

A notice in Nepali from Mechinagar Ward No. 10

१४ साउन, काठमाडौँ : झापा र कास्कीमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

झापाको केचना वर्षामापन केन्द्रमा अति भारी वर्षा भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आह्वान गरेको छ ।

यसैगरी जुम्लेटीपोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ लगायत कास्की र पर्वत आसपासका क्षेत्रमा पनि अतिभारी वर्षा भएको महाशाखाले जनाएको छ । सो क्षेत्रका साना खोलाहरूमा आकस्मिक बहावको जोखिम छ ।

साथै कुस्मा-पोखरा सडकखण्ड, घान्द्रुक र त्यस आसपास पहिरोको जोखिम छ । त्यसैले कमजोर र भिरालो जमिन भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

जल तथा मौस विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।(अनलाइनखबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.