राजनीतिज्ञ,कर्मचारी र व्यापारीहरुको मिलेमतोमा एनसेलको सेयर बिक्री: डा.शेखर कोइराला

ओखलढुंगा ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतोमा एनसेलको सेयर बिक्री भएको आरोप लगाएका छन्।

नेपाली कांग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेता कोइरालाले भने, ‘आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिँदै छ भन्ने केही दिनदेखि जताततै चर्चा भइरहेको छ।

यसमा राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुँदैन। त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छौं कि एनसेल बिक्रि प्रकरण किन भयो ?’

यस घटनालाई कांग्रेसले गम्भीररुपमा लिएको भन्दै उनले नेपाललाई विकसित मुलुक बनाउन भ्रष्टाचारलाई निर्मुल गर्नुको विकल्प नभएको प्रष्ट पारे। ‘अहिले जताततै मानिसहरुमा असन्तुष्टि छ। यसको कारण के हो भनेर बुझ्दा भ्रष्टाचारले देशलाई गाँजेको छ भन्ने कुरा सर्वत्र सुन्नुहुन्छ। भ्रष्टाचार नै मुलुकको विकास र समृद्धिको बाधक हो,’ उनले भने।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.