नेताहरू सामाजिक सञ्जालमा लाइक र कमेण्टका लागि मात्रै बोल्ने गरेकाले राजनीतिक दल कमजोर: मुख्यमन्त्री कार्की

A notice in Nepali from Mechinagar Ward No. 10

उदयपुर ।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेताहरू सामाजिक सञ्जालमा लाइक र कमेण्टका लागि मात्रै बोल्ने गरेकाले राजनीतिक दल कमजोर भएको बताएका छन् ।

नेपाली कांग्रेस उदयपुरको कटारीमा शुक्रबार आयोजित जिल्ला सम्मेलनमा मुख्यमन्त्री कार्कीले पार्टीका नेतृत्व तहका नेताहरू भोट लिएर जाने तर फर्केर नआउने, जे मन लाग्यो त्यो बोल्यो तर त्यसलाई पूरा नगर्ने गरेकाले अहिले कार्यकर्ता माझ पार्टी कमजोर भएको बताएका हुन् ।

‘पार्टीका जिम्मेवार पदमा बस्नेहरूले नै अहिले पार्टी सकिएको सार्वजनिक अभिव्यक्ति दिँदै आउनु भएकोले पनि पार्टीलाई कमजोर बनाइरहेको छ,’ उनले भने, ‘जनतालाई सपना देखाएर पूरा नगर्ने जिम्मेबार पदमा बसेका चटके नेताहरूका कारण पार्टी पंक्ति नै बदनाम भइरहेको छ ।’

मुख्यमन्त्री कार्कीले पार्टीलाई कमजोर बनाउने नेताहरूले दिँदै आएको अभिव्यक्ती जस्तो तल्लो तहमा अवस्था नभएको सबैलाई बुझ्न जरूरी रहेको बताएका हुन् । ‘जिम्मेवार नेताहरूको चटकले आजित भएका जनताको सपना कोसी प्रदेश सरकारले पूरा गर्ने प्रक्रिया सुरू गरिसक्यो ।’ उनले भने ।

क्रमभंग गरेर बनेको प्रदेश सरकारलाई जनताको सरकार भएको अनुभूति गराउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाए । ‘मानवीय विकासका निम्ति कोसी प्रदेश सरकारले काम सुरू गरेको छ,’ उनले भने, ‘मान्छे नै बाँचेन भने सडक कसका लागि बनाउने ? त्यसैले २५ लाखमुनिका योजना कटाएर १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार प्रदेश सरकारले सुरू गरेको छ ।’

आफ्ना छोराछोरीको वास्ता नगरी समुदायभरिका बच्चा जन्माउन र खोप लगाउन खटिने महिला स्वास्थ्य स्वयं सेविकाको सम्मानका साथै नगद प्रदान गर्न बजेट ल्याएको उनले बताए ।

‘प्रदेश सरकारले सुशासन र गुणस्तरीय काममा कुने सम्झौता गर्दैन, प्रदेश सरकारलाई जनताको सरकार बनाउँछु,’ उनले भने, ‘जिम्मेवार पदमा बसेका नेताहरूले लाइक कमेन्टका लागि मात्रै नबोलिदिनुस्, संघीय सरकारले वर्षाैंदेखि निर्माण गरिरहेको कटारी–घुर्मी सडक जनताको दुःख सम्झेर बनाइदिन दुवै हात जोड्छु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.