चारजनाले ५० र दुईजनाले सय मत समेत प्राप्त गरेनन्

A notice in Nepali from Mechinagar Ward No. 10
The image shows a Nepali advertisement for a T-shirt cotton printing service by Mero Mechinagar. The ad is from Nepal Multipurpose Cooperative Ltd., Corporate Office, Kakarbhitta. It details specifications for T-shirt printing, including sizes, colors, and required documents.

लक्ष्मी उप्रेती
२७ फागुन, मेचीनगर : फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा झापा निर्वाचन क्षेत्र नम्बर १ बाट चारजना उम्मेद्वारले ५० र दुइजना उम्मेद्वारले एकसय मत समेत प्राप्त गर्न सकेनन् । ५० मत प्राप्त नगर्नेमा एकजना स्वतन्त्र र तीनजना दलका उम्मेद्वार छन् ।
एकलाख ३१ हजार ६७ जना मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर १ मा ८३ हजार आठ सय २२ जनाले मतदान गरेका थिए । झरेको कुल मत मध्ये चार हजार दुई सय ६९ मत बदर हुँदा नेपाल जनमुक्ति पार्टीका खान्द्रु करुवालाई १७ मत मात्र प्राप्त भयो ।
नेपाल मजदुर किसान पार्टीका हिरण्यप्रसाद भट्टराईले २३ मत मात्र प्राप्त गर्दा स्वतन्त्र उम्मेद्वार गणेशकुमार खरेल ३३ मतभन्दा माथि उक्लिन सकेनन् । यसैगरी, जनता समाजवादी पार्टी, नेपालका रमा मेचेले ४३ मत मात्र प्राप्त गरीन् ।

एकसय मत प्राप्त गर्न नसक्नेमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मानबहादुर साँवा र स्वतन्त्र उम्मेद्वार दुर्गाप्रसाद साँवा छन् । मानबहादुरले ९९ र दुर्गाप्रसादले ८४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नम्बर १ ले जनाएको छ ।
कार्यालयका अनुसार १ नम्बर निर्वाचन क्षेत्रमा १३ दलकासहित दुई स्वतन्त्र गरी १५ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका निशा डाँगी ४५ हजार छ सय ८० मत प्राप्त गरी विजयी बन्दैं गर्दा झापा निर्वाचन क्षेत्र नम्बर १ बाट १२ जना उम्मेद्वारको जमानत जफत भएको छ । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार कुल सदर मतको दश प्रतिशत भन्दा कम मत ल्याउने उम्मेद्वारको जमानत जफत हुन्छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी (जमानत) जफत हुने उल्लेख छ ।
क्षेत्र नम्बर १ मा तीनजना उम्मेद्वारले मात्र दश प्रतिशत भन्दा बढी मत ल्याएका छन । उम्मेद्वारी मनोनयनका बखत पुरुष र अन्य समुदायका उम्मद्वारले नगद १० हजार तथा महिला र विभिन्न संरक्षित क्लष्टरमा पर्ने समुदायका उम्मेद्वारले पाँच हजार रुपैयाँ जमानत (धरौटी) राखेका हुन्छन । दश प्रतिशत मत नकटाउनेले उक्त जमानत फिर्ता नपाउने कानूनी व्यवस्था छ । नेपाली काँग्रेसका केशवराज पाण्डे र श्रम संस्कृति पार्टीका केवलराम राईको जमानत जोगिएको छ । पाण्डेले १० हजार पाँच सय ५० र राईले १० हजार चार मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा नेकपा एमालेका उम्मेद्वार रामचन्द्र उप्रेती राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमराज कार्की , मंगोल नेशनल अर्गनाइजेशनका सन्तोश तामाङ नेपाली कम्युनिष्ट पार्टीका अशेष घिमिरे, उज्यालो नेपाल पार्टीका नरेशकुमार लावती नेपाल सदभावना पार्टीका ओलीन राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मानबहादुर साँवा लिम्बु, स्वतन्त्र उम्मेद्वार दुर्गाप्रसाद साँवा लिम्बु, जनता समाजवादी पार्टीका रमा मेचे, स्वतन्त्र उम्मेद्वार गणेशकुमार खरेल, नेपाल मजदुर किसान पार्टीका हिरण्यप्रसाद भट्टराई, नेपाल जनमुक्ति पार्टीका खान्द्रु करुवाको जमानत जफत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.