मधेस प्रदेशसभा सदस्य नाजिमा खातुनले लिइन् पद तथा गोपनीयताको शपथ

सभामुख रामअशिष यादवद्वारा गराइएको शपथ ग्रहण समारोहमा नेकपा एमालेका नेता तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

A notice in Nepali from Mechinagar Ward No. 10
मधेस प्रदेशसभा सदस्यको रूपमा शपथ लिँदै नाजिमा खातुन

📌 मुख्य बुँदाहरू:

  • मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण।
  • सभामुख रामअशिष यादवले प्रदेशसभा सचिवालयमा आयोजित विशेष समारोहमा गराए शपथ।
  • सांसद जैनब खातुनको निधनपछि रिक्त रहेको समानुपातिक तर्फको पदमा खातुन नियुक्त।
  • शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादवको उपस्थिति।

जनकपुरधाम । मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । प्रदेशसभा सचिवालयमा आज आयोजित एक विशेष समारोहकाबीच उनले शपथ ग्रहण गरेकी हुन् ।

मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले नवनियुक्त प्रदेशसभा सदस्य खातुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा नेकपा (एमाले) का संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादव तथा प्रदेशसभा सचिवालयका सभा सचिव वासुप्रसाद कोइरालालगायत विभिन्न कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

रिक्त पदपूर्ति र पृष्ठभूमि

नवनियुक्त प्रदेशसभा सदस्य खातुन एमालेको समानुपातिक बन्दसूचीको ४० नम्बरमा थिइन् । यसअघि सांसद रहनुभएकी जैनब खातुनको निधन भएपछि उक्त सांसद पद रिक्त रहँदै आएको थियो । रिक्त रहेको सोही पदमा निर्वाचन आयोगको सिफारिस र प्रक्रिया पूरा गरी खातुनलाई प्रदेशसभा सदस्यमा नियुक्त गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.