श्रीस्वस्थानी माधवनारायण व्रत सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ — साँखुको शालीनदीमा बिहीबार विधिवत् रूपमा श्रीस्वस्थानी माधवनारायण व्रत सुरु भएको छ । ब्रतालुले बिहीबार बिहान साँखुको ज्योतिर्लिंगेश्वरस्थित सुन्दरीघाटमा पुगेर स्नान गरेका छन् ।

स्वस्थानी व्रत आरम्भ भएको अवसरमा बिहीबार ललितपुरको सुनाकोठीमा भजनकीर्तनसहित नगर परिक्रमा गरिँदै । तस्बिर : प्रशान्त माली
यस वर्ष कोभिड–१९ महामारीका कारण ब्रतालुहरूको पीसीआर र निमोनिया परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ । संस्कृति–परम्परा जोगियोस् र ब्रतालुहरूको स्वास्थ्य सुरक्षा पनि होस् भनेर यस्तो व्यवस्था गरिएको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ ।

समिति अध्यक्ष मिजेन्द्र श्रेष्ठले यसपटक ब्रतालुहरूको वासस्थानको व्यवस्था समिति आफैंले गरेको बताए । ‘ब्रतालुहरूलाई उनीहरूका परिवारजनबाट सहयोग हुँदै आएकामा यस वर्ष स्वयंसेवक परिचालन गरेका छौं,’ उनले भने, ‘आवश्यक परे समिति आफैंले परिवारका सदस्यलाई सम्पर्क गर्नेछ ।’

शालीनदी आउने ब्रतालु र भक्तजनका लागि नि:शुल्क स्यानिटाइजर र मास्क व्यवस्था गरिएको पनि उनले जानकारी दिए । स्वस्थानी व्रत एक महिनासम्म चल्नेछ ।

माधवनारायणका पुजारी सुदनराज राजोपाध्यायका अनुसार पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने चलन छ । साँखुसँगै ललितपुरको सुनाकोठी, ठेंचो, चापागाउँलगायत स्थानमा पनि शिवको आराधना गर्दै नगर परिक्रमा गरिन्छ । यसबाहेक एक महिनासम्म सर्वसाधारणका घरघरमा स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.