काँकडभिट्टा , १ साउन | झापाकाे भद्रपुरमा शुक्रवार भएकाे सवारी दुर्घटनामा परी दुईजनाकाे मृत्यु भएकाे छ भने दुईजना घाईते भएका छन् ।
ट्राफिक प्रहरी कार्यालय भद्रपुका अनुसार घाईतेकाे अवस्था गम्भीर छ । प्रहरीका अनुसार ज्ञानेचाेकबाट वनियानीतर्फ गईरहेकाे मे १ त २८२१ नम्वरकाे ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउदै गरेकाे मे १ ह ६४१९ नम्वरकाेटेम्पाे एकआपसमा ठाेक्किएर दुर्घटना भएकाे थियाे ।
भद्रपुर – २ सगरमाथा चाेककाे ओरालाेमा दिउसाे साढे २ बजे भएकाे दुर्घटनामा परेर भद्रपुर-१ केन्द्र मोड निवासी ३६ वर्षीया छविमाया लिम्बू र साेहि ठाउँका करिव ४० वर्षीय डम्वरबहादुर लिम्वुकाे मृत्यु भएकाे ट्रफिक प्रहरी कार्यालय भद्रपुरका ट्राफिक प्रहरी दिलीप राईले जानकारी दिनुभयाे।
छविमायाकाे घटनास्थलमा र डम्वरबहादुरकाे उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
अर्का घाईते टेम्पाेमा सवार साेहि ठाउँका ३२ वर्षीय वीरबहादुर लिम्वुकाे उपचार भईरहेकाे छ र अटो चालक काचनकवल -३ का सगर सिंह राजबंशी सहित दुर्घटनाग्रस्त सवारी साधन सिमा प्रहरी चौकी पृथ्वीनगरको नियन्त्रणमा छन् ।

























