अविरल वर्षाका कारण मोरङ र सुनसरी खोलाहरुमा आज (शनिबार) बिहानैदेखि बाढी

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी,जेठ १९ । निरन्तरको वर्षाका कारण मोरङ र सुनसरीमा रहेका विभिन्न खोलाहरुमा आज (शनिबार) बिहानैदेखि बाढी आएको छ ।

यसवर्ष मनसुन सुरु भएपछि यी दुई जिल्लामा पर्ने विभिन्न खोलाहरुमा पहिलो पटक ठूलो बाढी आएको हो । जल तथा मौसम विज्ञान विभागले सुनसरीको इटहरी, तरहरा, मोरङको सुन्दहरैँचा, बेलबारी लेटाङ लगायतका दर्जनौँ स्थानमा छ घण्टासम्म निरन्तर वर्षा भएको जनाएको छ ।

निरन्तर भीषण वर्षा भएका कारण खोलानजिक बसोबास गरिरहेकाहरुले उच्च सतर्कता अपनाउन आवश्यक रहेको विभागको भनाइ छ । विभागले खोलाहरुमा पानीको सतह बढेको र सतर्कता अपनाउनुपर्ने विषयमा आज (शनिबार) बिहानै सबैमा सूचित गरिसकेको छ ।

विभागका अनुसार मोरङ र सुनसरीका बूढी, सेउती, केसलिया, लोहन्द्रा, गछिया, जौलाहा, बक्राहा लगायतका कैयौं खोलाहरुमा जलसतह बढेको छ । वर्खाका समयमा विभिन्न खोलामा आउने बाढी तथा हुने कटानका कारण मोरङ र सुनसरीमा वर्षेनी ठूलो जनधनको क्षति हुँदै आएको छ ।

वर्षा अझै जारी रहेकाले नदी वरपरका बासिन्दालाई विभागले बेलैमा सचेत गराएको हो । बाढीले पुर्याउनसक्ने क्षतिका बारेमा पूर्वसूचना प्रवाह गर्दै विभागले तटीय तथा डुबान भइरहने क्षेत्रमा सावधानीको विकल्प नभएको जनाएको छ ।

मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले बाढी तथा डुबानले पुर्याउनसक्ने क्षतिलाई मध्यनजर गरेर उच्च सतर्कता अपनाइएको बताए । खोलाको छेउछाउमा बसोबास गरिरहेकाहरुलाई सुरक्षित स्थानतर्फ सर्नका लागि आग्रह गरिसकिएको उनको भनाइ छ ।

बाढी र डुबानले पुर्याउने सम्भावित क्षतिलाई ध्यान दिएर उद्धार तथा पीडितको पुर्नस्थापनाका लागि नेपाल प्रहरी लगायतका सुरक्षा निकाय तयारी अवस्थामा रहेको जानकारी मुकारुङले दिएका छन् । उनका अनुसार प्रहरीका विभिन्न युनिटले खोला वरपर निगरानी बढाएर त्यहाँको अवस्थाका बारेमा बेला–बेला जानकारी गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.